भत्ता बोकेर लाभग्राहीको घरमै जनप्रतिनिधि | Khabarhub Khabarhub

भत्ता बोकेर लाभग्राहीको घरमै जनप्रतिनिधि


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित विकट पहाडी गाउँमा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गैँडाकोटका नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारी सहितको टोलीले आफ्ना वडाका सम्पूर्ण लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो। 

वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०र८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर लाभग्राहीलाई प्रदान गरेको वडाध्यक्ष शिवकान्त तिवारीले बताए। तिवारीले भने, ‘नगरपालिकाले एकमुष्ट लाभग्राहीको व्यक्तिगत खातामा रकम जम्मा गरिदिन्छ, भूगोलका कारण वृद्ध बाआमालाई हिँडेर बैंकसम्म पुग्न समस्या हुन्छ । त्यसैले हामीले सहजीकरण गरेर सबैको पैसा घरमा नै पुर्‍याएका हौँ ।’ नगरपालिकाले सबैको खातामा पैसा हालिदिएपछि लाभग्राहीको घरमा पुगेर चेक जम्मा गरेर वडा कार्यालयले बैंकमा पुगेर सबैको रकम एकमुष्ट साटेर लाभग्राहीको हातमा दिएको वडाध्यक्ष तिवारीले बताए। 

‘हामीले बैंकका कर्मचारीलाई हाम्रो विश्वास लाग्दैन भने हामीले चेक लिने बेलामा सबै वृद्ध बुबाआमाले चेकमा ल्याप्चे लगाएको भिडियो खिचेर तपाईँहरूलाई ल्याएर देखाउँछौँ भनेपछि बैंकका कर्मचारीले विश्वास गरेर रकम साटिदिनु भएर हामीले घरमै पुर्‍याउन सफल भएका हौँ,’ उनले भने। बैंकिङ पद्धतिबाट पैसा आउने गरेको भन्दै वडाध्यक्ष तिवारीले भूगोलका कारण लाभग्राहीलाई बैंकसम्म पुग्न कठिन हुने भएकाले आफूहरूले सहयोग गरेको बताए। ‘हाम्रो वडाबाट एकपटक भत्ता बुझ्न जाँदा प्रतिव्यक्ति तीन हजार रुपैयाँसम्म खर्च हुने बाटो छ,’ उनले भने, ‘यस्तो समस्याको समाधान गर्नुपर्ने हामी जनप्रतिनिधिको दायित्व पनि हो । त्यसैले रकम घरमै लगेर वितरण गरेका हौँ ।’ 

सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफूसहित वडा सदस्यहरूलाई समेत परिचालन गरेको वडाध्यक्ष तिवारीले बताए। ‘दसैँका लागि मात्रै हामीले भत्ता घरमा पुर्‍याउन लागेका होइनौँ’, उनले भने, ‘मैले मेरो पहिलो कार्यकालदेखि नै सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्‍याउँदै आएको छु । हामी वडाका सबै जनप्रतिनिधि मिलेर सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिन्छौँ ।’ वडामा रहेका दुई सय २२ घरधुरीका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिन लागेको उल्लेख गर्दै उनले सबैको रकम जोड्दा करिब रु २२ लाख हुने उनले बताए ।

वडा कार्यालयबाट घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिँदा लाभग्राहीसमेत खुसी छन् । ९० वर्षीय सानुमाया सुनारले दिनभरि हिँडेर लाइनमा बसेर भत्ता बुझ्नै समस्या हुने गरेकामा वडा कार्यालयले घरमै लगेर दिँदा आफूहरूलाई सहज भएको बताए। ‘पैदल हिँडेर अटो चढेर बैंकसम्म पुग्नपथ्र्यो’, उनले भने, ‘बैकमा गएर पनि लामो लाइन बसेपछि मात्रै भत्ता पाइन्थ्यो, यसरी घरमै रकम बुझ्न पाउँदा ज्यादै खुसी लागेको छ ।’

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  २ : १६ बजे

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप