पालिकास्तरीय अस्पताल भवन निर्माण अलपत्र « Khabarhub

पालिकास्तरीय अस्पताल भवन निर्माण अलपत्र


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ हाँडेभिरमा निर्माणाधीन पालिकास्तरीय अस्पतालको भवन अलपत्र बनेको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार विसं २०७७ पुसमा मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन शिलान्यास भएको थियो । 

प्रारम्भिक चरणको काम सुरु भएको भवन निर्माण दुई वर्षदेखि रोकिएको मङ्गला गाउँपालिका–५ का वडाअध्यक्ष भुपेन्द्र खत्रीले बताए । ‘निर्माण सकिनुपर्ने समयसम्म दश प्रतिशत पनि भौतिक प्रगति भएको छैन,’ उनले भने, ‘डिपिसी गरेर ठडाएको पिल्लर लेउ लागेको छ । ठेकेदार काममा फर्किएका छैनन् ।’

भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौँसँग २०७८ साल असारमा रु नौ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो । भवनको कूल रु १२ करोड ९७ लाखको लागत अनुमान गरिएको थियो । २०८० साल असार महिनासम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । 

३५ वटा कोठा हुने भवनको विसं २०७७ पुस १५ गते गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गरेका थिए । १० शय्या क्षमताको अस्पतालका लागि एक हजार एक सय २४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको थियो । 

आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन बनाउन लागिएको थियो । निर्माणाधीन भवन गत महिना पोक–नेटा–अर्मन सडकबाट आएको पहिरोले पुरिएको छ । 

अस्पतालका लागि अर्मन स्वास्थ्यचौकी परिसरमा पाँच वर्षअघि आठ रोपनी जग्गा व्यवस्थापन गरिएको थियो । मुुख्य र सहायक ठेकेदारको विवादका कारण भवन निर्माण अलपत्र परेको हो । सहायक ठेकेदार प्रवीन सापकोटाले मुख्य ठेकेदार ओमबुद्धका सञ्चालकले पालिकाबाट लगेको बजेट आफूलाई नदिएकाले काम गर्न नसकेको बताए। 

मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनी काममा नफर्किएको बताए। कार्यपालिकाले साउनमा नौ महिनाको म्याद थप गरेको थियो । भवन निर्माणलाई निरन्तरता नदिएकाले धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको प्रशासकीय अधिकृत पौडेलले बताए। 

धवलागिरि गाउँपालिकाको ताकममा निर्माणाधीन पाँच शय्या क्षमताको अस्पताल भवन पनि अलपत्र बनेको छ । अन्नपूर्ण गाउँपालिका–१ दोबामा करिब रु पाँच करोड लगानीमा निर्माण भएको पाँच शय्या क्षमताको अस्पताल भवन प्रयोगमा आएको छैन ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ४ : ०१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि