क्यानडाले भारतबाट आफ्ना ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो  | Khabarhub Khabarhub

क्यानडाले भारतबाट आफ्ना ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो 


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानडाले भारतमा रहेका आफ्ना ६२ मध्ये ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । शुक्रबार क्यानडाकी विदेशमन्त्री मेलेनी जोलीले पुष्टि गरेकी छन् ।

१८ जुनमा क्यानडामा रहेका शिख नेता हरदीप सिंह निज्जरको हत्यापछि दुई देशको सम्बन्ध बिग्रिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीपको हत्या भारतीय एजेन्सीको संलग्नता रहेको आरोप लगाएपछि भारतले त्यसको खण्डन गर्दै आएको छ ।

विदेशमन्त्री जोलीका अनुसार भारतले शुक्रबार अर्थात अक्टोबर २० पछि २१ कूटनीतिज्ञ र उनीहरूका परिवारबाहेक सबै क्यानडाली कूटनीतिज्ञहरूलाई अनैतिक रूपमा भारतबाट हटाउन दबाब दिएकोले क्यानडाले यस्तो निर्णय गरेको हो ।उनका अनुसार क्यानडाका सबै कूटनीतिज्ञ र उनीहरूका परिवार सकुशल छन् र भारत छोडेका छन् । 

यो विवादलाई नतन्काउन क्यानडाले कुनै पनि प्रतिशोधात्मक कारबाही नगर्ने निर्णय गरेको छ । क्यानडाकी परराष्ट्रमन्त्री जोलीले आफ्नो देशले सधैँ अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने र यो सबै देशको हकमा लागू हुने बताइन् । ‘यस्तो समयमा हाम्रा लागि हाम्रा कूटनीतिज्ञहरू एकअर्काको देशमा रहनु र हरेक तहमा संवाद जारी राख्नु अत्यन्तै महत्त्वपूर्ण छ,’ उनले भनिन् ।

भारतमा २१ जना मात्र क्यानडाली कूटनीतिज्ञ रहँदा कर्मचारी अभावले काम प्रभावित हुने उनले बताएकी छन् । यसै साता भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक पत्रकार सम्मेलनमा क्यानडालाई भारतबाट अतिरिक्त कूटनीतिज्ञ हटाउन भनिएको र आवश्यक भन्दा धेरै राख्दा भारतको आन्तरिक मामिलामा हस्तक्षेप हुने बताएका थिए ।

अक्टोबर पहिला साता क्यानडाका प्रधानमन्त्री ट्रूडोले भारतसँग विवाद बढाउन नचाहेको र त्यहाँ क्यानडाको कूटनीतिज्ञ रहनु महत्वपूर्ण भएको बताएका थिए । क्यानडाकी विदेशमन्त्री जोलीले पनि कूटनीतिक संकटबाट बाहिर निस्कन भारतसँग वार्ता गर्न चाहेको बताएकी छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ४ : ५७ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा