फिल्म ‘लियो’को विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ « Khabarhub

फिल्म ‘लियो’को विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थलापति विजय स्टारर भारतीय फिल्म ‘लियो’ले विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो एक्सन–थ्रिलरले जवान, आदिपुरुष र जेलरको पहिलो दिनको कमाइलाई पनि उछिनेको छ ।

बलिउडको कमाइबारे अध्ययन गर्ने एजेन्सी स्याकलिंकका अनुसार ‘लियो’ले विश्वव्यापी १४० करोड भारुको ओपनिङ गरेको छ । यसको डेब्यु ओपनिङ १४५ करोड भारु हुन सक्छ । प्रभास स्टारर ‘आदिपुरुष’ले पनि यही कमाइबाट यात्रा थालेको थियो तर पहिलो सप्ताहन्तपछि यसले कमाउन सकेन ।

शाहरुख खान अभिनीत फिल्म ‘जवान’ले विश्व बक्स अफिसमा १२९.१ करोड भारु कमाएको थियो । पान-इण्डिया रिलिज भएको जवान, अहिलेका सबै भारतीय भाषाका संस्करणमा धेरै कमाउने फिल्म हो । एटली निर्देशित फिल्मले विश्वभर ११४०.५ करोड भारु कमाएको छ ।

लोकेश कनागराजद्वारा निर्देशित ‘लियो’को रिलिजलाई लिएर हिन्दी र तेलगु बेल्टमा विवादित भएको थियो । फिल्मले घरेलु बजारमा ६३ करोड भारु कमाएको छ । भारतभर ७४ करोड भारु कमाएको छ । यी दुवै आँकडा जवानभन्दा कम छन् । अभिनेता विजयका लागि पकेट क्षेत्र मानिने तमिलनाडुमा बिहानी शो भने थिएनन्, यद्यपि यसले ३० करोड भारु कमायो ।

आन्ध्र प्रदेश-तेलंगाना बजारमा १५ करोड भारु कमाइ भएको थियो । कर्नाटकमा फिल्मले ओपनिङ दिनमा १४ करोड कमाएको थियो भने केरलामा लियोले ११ करोड कमाउन सक्यो । 

यसअघि ट्रेड एनालिस्ट रमेश बालाले फिल्मले ओपनिङ डेमै विश्वभर १०० करोडभन्दा बढीको व्यापार गर्ने अनुमान गरेका थिए, जुन संख्यालाई फिल्मले सजिलै पार गरेको थियो । 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ५ : ०४ बजे

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक