पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’ | Khabarhub Khabarhub

पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ ।

नेपाल मोटर स्पोर्ट्स संस्था (नासा) सँग आबद्ध भिआर–४६ मोटर स्पोर्ट्स प्रालिले  पोखरा रङ्गशालाभित्रको कालोपत्र सडकमा आगामी मङ्सिर ८ र ९ गते सो प्रतियोगिता आयोजना गरिने जनाएको छ ।

प्रतियोगितामा एक सयभन्दा बढी प्रतियोगीहरुको सहभागिता रहने भिआर-४६ मोटर स्पोर्ट्सका प्रबन्ध निर्देशक माइकल थापाका अनुसार यस प्रतियोगिताले पोखराको आन्तरिक र बाह्य पर्यटनका लागिसमेत महत्त्वपूर्ण रहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः जनही नगद रु एक  लाख, रु ७५ हजार र रु ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । विजेता तिनै जना खेलाडीलाई अन्तर्राष्ट्रिय बाइक रेसमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपालमा बाइक संस्कृतिको इतिहास लामो भए पनि यसको खेलकुदको संस्कृति नयाँ भएको जनाउँदै धेरैको रुचिको विषयसमेत भएकाले प्रतियोगितालाई ठूलो आकारमा आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक थापाले बताए। 

उनले भने, ‘नेपालको बाइक रेसको इतिहासमा नै बृहत् मोटरबाइक रेस नेपालकै ठूलो ट्रयाक पोखरा रङ्गशालामा आयोजना हुनेछ । यसले बाइक रेस के हो भन्ने चिनाउने सँगै युवा खेलाडीहरूलाई यसतर्फ आकर्षण गराउनसमेत प्रभावकारी हुने विश्वास लिएका छौँ ।’

गत वर्ष सानो आकारमा सम्पन्न गरिएको प्रतियोगिताले पनि आफूहरूलाई दोस्रो संस्करणको तयारी सँगै ठूलो आकार र धेरैको सहभागितामा प्रतियोगिता आयोजनाका लागि हौसला मिलेको थापाले बताए।

प्रतियोगिता सम्पन्न गर्न रु ३५ लाख खर्च हुने जनाउँदै आयोजकले उक्त प्रतियोगिता अवलोकनका लागि टिकटको समेत व्यवस्था गर्न लागेको छ । साधारणतर्फ दुई सय र भिआइपीतर्फ एक हजारदेखि रु पाँच हजारसम्मको टिकट बिक्री गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा एक सय ५० सिसी र छ सय सिसी गरी दुई प्रकारका बाइकको प्रयोग हुनेछ । सो प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति कास्कीले स्वीकृति दिएको बताइन्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ५ : ३४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि