हार्दिक पाण्डेयाले न्युजिल्यान्डविरुद्धको खेल गुमाउने « Khabarhub

हार्दिक पाण्डेयाले न्युजिल्यान्डविरुद्धको खेल गुमाउने


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय टोलीका अलराउन्डर हार्दिक पाण्डेयाले जारी आईसीसी एकदिवसीय विश्वकपको न्युजिल्यान्डविरुद्धको खेल खेल्न नसक्ने भएका छन् । जारी विश्वकपमा न्युजिल्यान्ड र भारतबिचको खेल आइतबार धर्मशालामा खेलिने छ ।

३० वर्षीया हार्दिक बंगलादेशविरुद्ध बिहीबार खेलिएको खेलका क्रममा घाइते भएका थिए । उनको बायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेको छ । उक्त खेलमा भारतले बंगलादेशलाई हराएको थियो ।

‘चोटका कारण हार्दिक पाण्डेया न्युजिल्यान्डविरुद्धको खेलमा उपस्थित हुने छैनन् । इङ्ल्यान्डविरुद्धको खेलमा भने उनी टोलीमा फर्कने सम्भावना छ । हाल उनी चिकित्सकको निगरानीमा छन्,’ बीसीसीआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बंगलादेशविरुद्धको खेलको नवौँ ओभरमा फिल्डिङ गर्ने क्रममा हार्दिक घाइते भएका थिए ।

हार्दिक पाण्डेयाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ८४ विकेट लिइसकेका छन् । उनले टेस्टमा १७ र टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७३ विकेट लिएका छन् । यसका अतिरिक्त उनले एकदिवसीय खेलमा एक हजार सात सय ६९ रन बनाएका छन् ।

स्रोत : एएनआई

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : १९ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा