हार्दिक पाण्डेयाले न्युजिल्यान्डविरुद्धको खेल गुमाउने « Khabarhub

हार्दिक पाण्डेयाले न्युजिल्यान्डविरुद्धको खेल गुमाउने


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय टोलीका अलराउन्डर हार्दिक पाण्डेयाले जारी आईसीसी एकदिवसीय विश्वकपको न्युजिल्यान्डविरुद्धको खेल खेल्न नसक्ने भएका छन् । जारी विश्वकपमा न्युजिल्यान्ड र भारतबिचको खेल आइतबार धर्मशालामा खेलिने छ ।

३० वर्षीया हार्दिक बंगलादेशविरुद्ध बिहीबार खेलिएको खेलका क्रममा घाइते भएका थिए । उनको बायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेको छ । उक्त खेलमा भारतले बंगलादेशलाई हराएको थियो ।

‘चोटका कारण हार्दिक पाण्डेया न्युजिल्यान्डविरुद्धको खेलमा उपस्थित हुने छैनन् । इङ्ल्यान्डविरुद्धको खेलमा भने उनी टोलीमा फर्कने सम्भावना छ । हाल उनी चिकित्सकको निगरानीमा छन्,’ बीसीसीआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बंगलादेशविरुद्धको खेलको नवौँ ओभरमा फिल्डिङ गर्ने क्रममा हार्दिक घाइते भएका थिए ।

हार्दिक पाण्डेयाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ८४ विकेट लिइसकेका छन् । उनले टेस्टमा १७ र टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७३ विकेट लिएका छन् । यसका अतिरिक्त उनले एकदिवसीय खेलमा एक हजार सात सय ६९ रन बनाएका छन् ।

स्रोत : एएनआई

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : १९ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका