मल्लकालीन संस्कृतिलाई निरन्तरता दिँदै कोटभैरवमा भित्र्याइयो फूलपाती « Khabarhub

मल्लकालीन संस्कृतिलाई निरन्तरता दिँदै कोटभैरवमा भित्र्याइयो फूलपाती


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरको कोतघरमा मल्लकालीन संस्कृतिलाई निरन्तरता दिँदै आज फूलपाती भित्र्याइएको छ ।

प्राचीन परम्पराअनुसार मन्दिर आसपासका बस्ती बरमाझथर, बरपौवा, बरधारापानीलगायतका गाउँबाट फूलपाती सङ्कलन गर्ने संस्कृतिको निरन्तरताका लागि मगर समुदायका दुुई जनालाई फूलपातेका रुपमा परिचालन गरिएको कोटभैरव मन्दिर संरक्षण समितिका सचिव कमलप्रसाद पौडेलले जानकारी दिए।

सङ्कलन गरिएका फूलका डोलीलाई मन्दिर परिसरको केही तलस्थित मैदानमा विशेष पूजाआजा गरी बाजागाजाका साथ कोतघरमा पुु¥याइएको उनले बताए। यसरी फूलपाती भित्र्याउँदा समाज एवं राष्ट्रको कल्याण हुने जनविश्वास छ ।

मल्लकालीन समयदेखि अस्तित्वमा रहेको कोटभैरव मन्दिरमा तत्कालीन समयदेखि नै प्रत्येक वर्षको दुुर्गा पक्षमा घटस्थापना गरी फूलपाती भित्र्याउने, महाअष्टमी, कालरात्रि, महानवमी विशेष पूजाका साथै विजयादशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलन छ ।

घटस्थापनादेखि विजयादशमीसम्म मन्दिरमा मगर पुजारीले नियमित सरसफाइ तथा पूजाका साथै अन्य नियमित पूजाआजा र ब्राम्हण पुजारीले दुुर्गा सप्तशती पाठ गर्दछन् ।

कोटभैरवको दर्शन गरेमा मनले चिताएको पुुग्ने विश्वासका कारण कास्की, तनहुँ र स्याङ्जा आसपासका स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थी कोटभैरव आउने गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : ४२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार