गगनयान परीक्षण उडान भारतका लागि कोसेढुङ्गा– इसरो « Khabarhub

गगनयान परीक्षण उडान भारतका लागि कोसेढुङ्गा– इसरो


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इसरोका पूर्वप्रमुख जी माधवन नायरले शनिबार भारतीय अन्तरिक्ष एजेन्सीको मानवरहित परीक्षण उडान ‘मिसन गगनयान’ को सफल प्रक्षेपण निकट भविष्यमा मानवलाई अन्तरिक्षमा पठाउने भारतको कार्यक्रमका लागि ‘कोसेढुङ्गा’ भएको बताएका छन् ।

“इसरोको टिभी–डी १ मिसन आज सफलतापूर्वक पूरा भएको सुनेर मलाई अत्यन्त खुसी लागेको छ”, उनले भने।

आजको परीक्षण उडान (टेस्ट भेहिकल डी१ मिसन) यसको क्रु मोड्युलको आपत्कालीन सुरक्षा प्रणालीको परीक्षण गर्नका लागि गरिएको थियो । यो थ्रस्टरबाट अलग भयो र प्रक्षेपणको करिब १० मिनेटपछि समुद्रमा सफल अवतरण भयो ।

टिभी डी१ मिसन बिहान ८ः४५ बजे इन्जिन इग्निसनको समस्या भएपछि आजै बिहान १० बजे दोस्रो प्रयासमा प्रक्षेपण गरिएको हो । सुरुमा यसलाई बिहान ८ बजे प्रक्षेपण स्थलबाट प्रक्षेपण गर्ने तय गरिएको थियो जसलाई परिवर्तन गरेर बिहान ८ः४५ बजे र पछि बिहान १० बजे प्रक्षेपण गर्ने समय मिलाइएको थियो ।

इसरोका पूर्वप्रमुख नायरका अनुसार श्रीहरिकोटामा खराब मौसमका कारण पहिलो प्रक्षेपण करिब ४० मिनेट ढिलो भएको थियो, पछि प्रक्षेपणको प्रयास गर्दा स्वचालित प्र्रक्षेपण प्रणालीले लिफ्ट–अफभन्दा केही सेकेन्डअघि स्थगनको आदेश दिएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ९ : ०४ बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध