विश्‍वकपमा श्रीलंकाको पहिलो जित « Khabarhub

विश्‍वकपमा श्रीलंकाको पहिलो जित


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आइसिसी एकदिवशीय विश्‍वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित दर्ता गरेको छ । शनिबार लखनउ स्टेडियममा भएको खेलमा नेदरल्यान्ड‍्सलाई पाँच विकेटले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो ।

२ सय ६२ रन २६३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले ४८.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। उसका लागि पथुम निसान्काले ५४ रनको अर्धशतकीय इनिङ खेल्दा सदीरा समरविक्रमाले ९१ रनको अविजित इनिङ खेले।

त्यस्तै चरिथा असलन्काले ४४ रनको इनिङ खेल्दा धन्नजय डि सिल्भाले ३० रन बनाएका थिए। कुशल मेन्डीसले ११ रन बनाए। नेदरल्यान्ड्सका लागि आर्यन दत र पउल भान मिकेरेन र कोलिन अकरमनले समान १(१ विकेट लिए।

त्यसअघि नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै ४९४ ओभरमा २ सय ६२ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि सुब्रन्ड इनजेलबरेचले ७० रन बनाउँदा लोगन भान बेकले ५९ रन बनाएका थिए।

उनीहरुले सातौं विकेटका लागि १ सय ३० रनको साझेदारी गरेका थिए। सातौं विकेटकलागि यो नेदरल्यान्ड्सको यो सर्वाधिक उच्च साझेदारी हो।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ९ : २३ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा