विश्‍वकपमा श्रीलंकाको पहिलो जित « Khabarhub

विश्‍वकपमा श्रीलंकाको पहिलो जित


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आइसिसी एकदिवशीय विश्‍वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित दर्ता गरेको छ । शनिबार लखनउ स्टेडियममा भएको खेलमा नेदरल्यान्ड‍्सलाई पाँच विकेटले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो ।

२ सय ६२ रन २६३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले ४८.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। उसका लागि पथुम निसान्काले ५४ रनको अर्धशतकीय इनिङ खेल्दा सदीरा समरविक्रमाले ९१ रनको अविजित इनिङ खेले।

त्यस्तै चरिथा असलन्काले ४४ रनको इनिङ खेल्दा धन्नजय डि सिल्भाले ३० रन बनाएका थिए। कुशल मेन्डीसले ११ रन बनाए। नेदरल्यान्ड्सका लागि आर्यन दत र पउल भान मिकेरेन र कोलिन अकरमनले समान १(१ विकेट लिए।

त्यसअघि नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै ४९४ ओभरमा २ सय ६२ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि सुब्रन्ड इनजेलबरेचले ७० रन बनाउँदा लोगन भान बेकले ५९ रन बनाएका थिए।

उनीहरुले सातौं विकेटका लागि १ सय ३० रनको साझेदारी गरेका थिए। सातौं विकेटकलागि यो नेदरल्यान्ड्सको यो सर्वाधिक उच्च साझेदारी हो।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ९ : २३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको