बनेपा महोत्सव सम्पन्न « Khabarhub

बनेपा महोत्सव सम्पन्न


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धुलिखेल –बनेपा ब्वाइज् क्लबको आयोजनामा काभ्रेपलाञ्चोकको बनेपास्थित उग्रेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन भएको बनेपा महोत्सव आज सम्पन्न भएको छ ।

दसैँलाई लक्षित गरी आयोजना भएको महोत्सवमा व्यावसायिक बजार सञ्चालन गर्नुका साथै धिमेबाजा प्रतियोगिता, मार्सलआर्ट, नृत्य, गायन र फुटबल खेल आयोजना गरिएको थियो ।

फुटबलको प्रतिस्पर्धामा धुलिखेल क्लब ९बी० पहिलो, पनौती फुटबल क्लब (बी) पनौती दोस्रो र धुलिखेल फुटबल क्लबले तेस्रो स्थान हासिल गरेका थिए । विजयी समूलाई नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।

त्यस अवसरमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य,बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा र क्लबका अध्यक्ष महेशकुमार कर्माचार्यले बेलाबेलामा आयोजना हुने यस्ता महोत्सवले एकता र भ्रातृत्वको सन्देश प्रवाह गर्ने बताए।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १० : ४७ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही