समाचार

बनेपा महोत्सव सम्पन्न

By खबरहब

October 21, 2023

धुलिखेल –बनेपा ब्वाइज् क्लबको आयोजनामा काभ्रेपलाञ्चोकको बनेपास्थित उग्रेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन भएको बनेपा महोत्सव आज सम्पन्न भएको छ ।

दसैँलाई लक्षित गरी आयोजना भएको महोत्सवमा व्यावसायिक बजार सञ्चालन गर्नुका साथै धिमेबाजा प्रतियोगिता, मार्सलआर्ट, नृत्य, गायन र फुटबल खेल आयोजना गरिएको थियो ।

फुटबलको प्रतिस्पर्धामा धुलिखेल क्लब ९बी० पहिलो, पनौती फुटबल क्लब (बी) पनौती दोस्रो र धुलिखेल फुटबल क्लबले तेस्रो स्थान हासिल गरेका थिए । विजयी समूलाई नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।

त्यस अवसरमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य,बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा र क्लबका अध्यक्ष महेशकुमार कर्माचार्यले बेलाबेलामा आयोजना हुने यस्ता महोत्सवले एकता र भ्रातृत्वको सन्देश प्रवाह गर्ने बताए।