फिफा विश्वकप छनोट : आज नेपाल र यमन खेल्ने | Khabarhub Khabarhub

फिफा विश्वकप छनोट : आज नेपाल र यमन खेल्ने


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप–२०२६ छनोट चरणको दोस्रो खेलमा आज नेपालले यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका ७ बजे सुरु हुनेछ ।

अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई आज खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औँस्थानमा रहेको छ भने नेपाल १७३औँ स्थानमा छ ।

विश्वकप एसिया छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन छन् ।

नेपालले दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । यस्तै, बहराइनसँग २–० गोलले पराजित भएको यमन पनि अंकविहीन छ ।

यो प्रतियोगिता विश्वकप छनोट २०२६ का साथै एएफसी एसियन कप २०२७ का लागि दोस्रो चरणको छनोट पनि हो ।

आजको खेलका लागि एन्फाले साधारण प्यारापिटतर्फको ४ सय र भीआईपी प्यारापिटतर्फको १ हजार रुपैयाँ टिकट दर कायम गरिएको जनाएको छ । 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ०५ बजे

आजको मौसम : पश्चिमी वायुको प्रभाव रहने

काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर १५ गते) शुक्रबारका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ।

आज २०८० साल मंसिर १५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर १५ गते शुक्रबार। ज्योतिष

चन्द्रविनायक तथा भैरवनाथ जात्रा सकियो

काठमाडौं – चन्द्रविनायक तथा भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर