साहिँली औँलामा नै औँठी किन लगाउने ? | Khabarhub Khabarhub

साहिँली औँलामा नै औँठी किन लगाउने ?


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

अहिले मंसिरको महिना हो । मंसिरसँगै धेरैको दिमाखमा आउने एउटै कुरा विवाहको सिजन हो । पूर्वीय दर्शनले विवाहलाई सृष्टि क्रम अघि बढाउन स्त्री र पुरुषका बीचमा हुने आत्मनियन्त्रित र मर्यादित सम्झौता मान्दछ । यसै विवाहका लागि नभई नहुने कुरामा पर्छ औँठी । 

नेपाली समाजमा विवाह वा टिकाटालो गर्दा औँलामा औँठी लगाइदिने चलन छ । विशेषतः दुलहा दुलहीले एक अर्काको हातको साइँली औँलामा औँठी लगाइ दिने गर्छन् ।

हातको साहिँली औँलामै किन औँठी लगाइन्छ भन्ने कुरा कतिपयलाई जानकारी नहुन सक्छ । आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ ।

परम्परागत रूपमा नै विवाह बन्धनमा बाँधिएको प्रतीक वा सङ्केत स्वरूप बिहे गर्दा औँलामा औँठी लगाउने चलन चली आएको छ  ।

हातको साहिँली औँलामा औँठी लगाइदिँदा सो औँलाको सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको छ ।

जसका कारण विवाहको औँठी सोही औँलामा लगाउँदा श्रीमान् श्रीमतीबीचको सम्बन्ध सुमधुर र मनसँग जोडिने हुन्छ भन्ने मान्यता रहेको छ ।

विवाहको औँठीलाई परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सूत्रका रूपमा लिइन्छ ।

यसैले श्रीमान् श्रीमतीबीच एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रूपमा औँठी लगाइने परम्परा नेपालमा मात्र नभइ युरोपका कयौँ देशहरूमा दायाँ हातको साहिँली औँलामा लगाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ३४ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु