गर्भवतीको हेरचाह कसरी गर्ने ? | Khabarhub Khabarhub

गर्भवतीको हेरचाह कसरी गर्ने ?

‘वान्ता धेरै भइरहेको भए बिहान उठेर सुरुमै पानी, दूध र चिया खानु हुँदैन’


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

गर्भावस्थामा महिलाको शरीरमा विभिन्न किसिमका परिवर्तन देखा पर्छन्। त्यही परिवर्तनकै कारण महिलाको शरीरमा विभिन्न समस्या पनि देखिने गर्छन्। गर्भावस्था भनेको शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनु पूर्वको अवधि हो। गर्भावस्थामा आइरन–फोलिक एसिड चक्की र जुका मार्ने चक्की खानुपर्छ। त्यसैले सामान्य गर्भावस्थामा के के खाना खाने र कसरी हेरचाह गर्ने ? महिलाले सुरुवाती अवस्थादेखि कसरी हेरचाह गर्ने ? लगायतका विषयमा आधारित भएर खबरहबका लागि गाइनोक्लोजिष्ट डा.सम्पदा मिश्रसँग गरिएको कुराकानीको सम्पादित अंशः

गर्भावस्थामा विशेष गरी कस्ता समस्या बढी देखिने हुन्छ ?
प्रायः महिलालाई गर्भावस्थाको समयमा न्यून रक्तचापको समस्या हुने गर्छ। गर्भावस्थामा ब्लड प्रेसर लो हुनु एक आम समस्या हो। यसका अलावा सामान्यतया गर्भावस्थामा बान्ता हुने, तल्लो पेट दुख्ने, पिसाबमा इन्फेक्सन हुने रिंगटा लाग्ने हुन्छ। गर्भावस्थाको पहिलो तीन महिनासम्म महिलामा वाकवाकी लाग्ने समस्या लगातारजस्तै हुनसक्छ। तीन महिनापछि यो समस्या आफैँ कम भएर जान्छ।

सुरुमा १८ देखि २२ हप्ताको बिचमा एनोमोलि स्क्यान गरिन्छ। त्यो भनेको बच्चाको हात खुट्टा, नाक आँखा मुख राम्रोसँग विकास भएको छ कि छैन हेर्ने हो। त्यो हेरेर रगत जाँच हुन्छ।

गर्भावस्थामा शरीरमा रहेका हर्मनमा परिवर्तन आउने हुनाले यस्ता लक्षण देखिने हुन्छ। गर्भावस्थामा हुने लो ब्लड प्रेसरका कारण गर्भवतीलाई डर लाग्ने, मुटु काम्नेजस्ता समस्या हुन्छन्। कोही महिलामा खान मन नलाग्ने पनि हुनसक्छ। कमजोरी हुने हुँदा गर्भ तुहिने खतरा पनि हुनसक्छ।

गर्भावस्थामा ब्लड प्रेसर लो हुँदा शिशुलाई कस्तो असर गर्छ ?
गर्भावस्थामा ब्लड प्रेसर लो भइरह्यो भने गर्भवती बेहोस हुने खतरा बढ्छ। बेहोस भएर ढल्दा चोटपटक लाग्नसक्छ। त्यसले गर्भमा पनि असर गर्दछ। अस्पतालमा भर्ना गर्दा सबै कुरा मिलेको छ भने बच्चालाई असर गर्दैन।

समस्या भए घरैमा यसको नियन्त्रण कसरी गर्न सकिन्छ ?
कुनै गर्भवतीमा नजिया र वान्ता छ भने सुरुको अवस्थामा बिहान उठेर पानी, दूध, चिया खानु हुँदैन। किनभने त्यो बेला ग्यास्ट्रिक मोटालिटी घटेर बिरामीलाई लगातार समस्या हुन्छ। त्यसैले त्यो बेला बिहान उठेर खाली पेटमा ड्राइफुड, रोटी बिस्कुट खाएर मात्र पानी, चिया खानुपर्छ। थोरै थोरै गरेर समय समयमा खाना खानुपर्छ। सुरुका तीन महिनासम्म फोलिक एसिड खाने र त्यसपछि आइरन र क्याल्सियम १ ग्राम खानु पर्दछ।

यो समस्याको अस्पतालमा कसरी उपचार हुन्छ ?
सुरुमा १८ देखि २२ हप्ताको बिचमा एनोमोलि स्क्यान गरिन्छ। त्यो भनेको बच्चाको हात खुट्टा, नाक आँखा मुख राम्रोसँग विकास भएको छ कि छैन हेर्ने हो। त्यो हेरेर रगत जाँच हुन्छ। त्यसले पनि बच्चा ठिक छ कि छैन भनेर थाहा हुन्छ। टिटानासको सुई पनि लगाउनु पर्छ।

टिटानासको खोप कसरी र कुन समयको अन्तरालमा लगाउन सकिन्छ ?
पहिलो बच्चा छ भने दुई पटक टिटानासको सुई लगाउनु पर्दछ। दोस्रो बच्चा छ र ५ वर्ष भन्दा मुनिको छ भने एउटा टिटानासको सुई लगाए पुग्छ। बच्चा ५ वर्ष भन्दा माथिको भए दुई वटा टिटानासको सुई लगाउनु पर्दछ।

गर्भावस्थामा बाहिरका खाना र धेरै चिल्लो पिरो खाने कुरा नखाने, रक्सीयुक्त पेय पदार्थ, सूर्ती, चुरोट खाँदा स्वास्थ्यमा ठुलो असर हुने भएकाले यस्ता कुराबाट टाढै रहनुपर्छ। काँचो मासु तथा काँचो अण्डा खानु हुँदैन।

गर्भमा भएको बच्चा ठिक छ वा छैन भनी घरमै थाहा पाउन सकिँदैन ?
गर्भमा भएको बच्चा एक घण्टामा तीन पटक चल्नु पर्दछ। यसरी चल्यो भने बच्चा ठिक अवस्थामा छ भन्ने थाहा हुन्छ। कम्तीमा १८ देखि २२ हप्तासम्ममा बच्चा चलेको अनुभव हुन्छ। गर्भवती भएको १० औँ हप्तामा बच्चाको मुटुको धड्कन पनि सुन्न सकिन्छ।

गर्भावस्थामा वान्ता किन हुन्छ ?
गर्भावस्थामा खाना नमिलेर पनि वान्ता हुन्छ। खानेकुरा मिलेर पनि वान्ता हुन्छ। त्यसलाई हाइपर हाइपरेडमिसेस ग्याबिटेरीयम भनिन्छ। त्यसमा युरिन एसिटोनहरु हेरेर पोजेटिभ छ भने अस्पतालमा भर्ना नै गर्नु पर्दछ। औषधि राखेर इन्जेक्सन लगाएर उपचार गर्नु पर्दछ। रिपोर्ट हेरेर निको भएपछि डिस्चार्ज गरिन्छ।

गर्भावस्थामा कस्तो खाना खाने र कस्तो नखाने ?
गर्भावस्थामा अन्य समयमा जस्तै स्वस्थ खाना र फलफूल तथा तरकारी खानुपर्छ। प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ। माछा, मासु, अण्डा, बदाम तथा गेडागुडी जस्ता प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। दूध तथा दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ।

गर्भवती भएपछि एक पटक सुगर, रक्तचाप, थाइराइड, पिसाबको जाँच, रगतको समूह जाँच अनिवार्य रूपमा गर्नुपर्छ। जसबाट आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुरा थाहा हुन्छ ।

यो समयमा सकेसम्म धेरै बेडरेस्ट गर्नु हुँदैन। दैनिक व्यायाम गर्नु राम्रो हुन्छ। त्यसैगरी गर्भावस्थामा बाहिरका खाना र धेरै चिल्लो पिरो खाने कुरा नखाने, रक्सीयुक्त पेय पदार्थ, सूर्ती, चुरोट खाँदा स्वास्थ्यमा ठुलो असर हुने भएकाले यस्ता कुराबाट टाढै रहनुपर्छ। काँचो मासु तथा काँचो अण्डा खानु हुँदैन।

गर्भावस्थामा कुनै पनि समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ?
सबै गर्भवतीले अनिवार्य रूपमा सुरुका तीन महिनासम्म फोलिक एसिड खानुपर्छ। त्यसपछि आइरन र क्याल्सियम १ ग्राम खानु पर्दछ। पछिल्लो समय ढिलो विवाह गर्ने चलन निकै बढेको छ। त्यसैले बच्चाको योजना बनाउनु पूर्व नै फोलिक एसिड खाएर योजना गर्दा अत्यन्तै राम्रो हुन्छ।  गर्भवती भएपछि एक पटक सुगर, रक्तचाप, थाइराइड, पिसाबको जाँच, रगतको समूह जाँच अनिवार्य रूपमा गर्नुपर्छ। जसबाट आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुरा थाहा हुन्छ । गर्भमा शिशु बसेपछि समयमा अल्ट्रासाउन्ड गराउनुपर्छ। गर्भ बसेको १२ हप्तामा एन्टिस्क्यान गर्नुपर्छ। टिटानासको सुई लगाउनुपर्छ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ५९ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले