कहाँ छैन मुसाको उपद्रो, कृषि उपजको चार प्रतिशत सखाप | Khabarhub Khabarhub

कहाँ छैन मुसाको उपद्रो, कृषि उपजको चार प्रतिशत सखाप


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

मुसा भन्नासाथ कन्सिरी नतात्ने को होला र ? घरबाट निस्कने बेलामा दराजबाट निकालेको सर्ट मुसाले भ्वाङ पारिदिँदा हिँड्ने साइत बिग्रिएका कति हुनुहुन्छ ? छोराछोरीको विवाहका लागि तयार पारेका लुगा मुसाले भसक्कै चाल्नो बनाइदिएपछि उठी सुख, न बसी सुखको अवस्था कतिले झेल्नु भएको छ ? मन्दिर जान ठीक पारेका पूजा सामाग्री मुसाले उथलपुथल बनाएपछि बिग्रिएको भाकल स्मरण गर्दा मन भक्कानिने कति हुनुहुन्छ ?

घर व्यवहारका सामान्य मात्र मात्र नभई दुईपाङ्ग्रे साइकल सिटदेखि पानीजहाज, बोइङ, एयरबस, टेलिफोन, बिजुली, सञ्चार, इन्टरनेट प्रदायक प्रविधिसम्म मुसाको उपद्रो डरलाग्दो छ।

विश्वव्यापी रुपमा मुसाका कारण भएको क्षति पैसामा रुपान्तरण गर्न सकिने अवस्था छैन। खेतबारीमा दुलो खनेर, धान राख्ने भकारीमा भ्वाङ पारेर, दराजको लुगा काटेर, राति सुत्ने बेला चोर नै आए झैं गरी यता र उता कुदेर मुसाले हैरान बनाइरहेकै हुन्छ।

संसारमा अरु कुनै देशमा नभएको मुसालाई खसी पार्ने अभियानमा नेपालमा अहिलेसम्म १० करोड रुपैंयाँ खर्च भइसकेको छ। तर मुसाको आतंक १० बाट ९ भएको छैन।

मंसिरमा त झन किसानले भन्दा पहिले धान भित्र्याउने, खेताला घरमै जम्मा पार्ने बानी भएको मुसाको उपद्रोबाट कसैले छुटकारा पाउन सकेका छैनन्। त्यसैले त ठट्टैमा भनिन्छ- ‘अन्न प्राप्तिको उन्मादमा मंसिर महिनामा मुसाले अर्की जहान जोड्छ रे !’ छिटो र धेरै सन्तान जन्माउने क्षमताका कारण मुसाको बिगबिगी झन् बढ्दो छ।

मुसाको यही उपद्रो र बिगबिगी नियन्त्रण गर्न नेपालमा एकताका एउटा नौलो अभियान चलेको छ, मुसाको परिवार नियोजन। अर्थात् गाउँले ठेट भाषामा भन्दा मुसालाई खसी पार्ने काम। संसारमा अरु कुनै देशमा नभएको यो अभियानमा अहिलेसम्म १० करोड रुपैंयाँ खर्च भइसकेको छ। तर मुसाको आतंक चाहिँ १० बाट ९ भएको छैन।

तीन दशकअघि जापान सरकारको सहयोगमा मुसाको परिवार नियोजन परियोजना सुरु भएको थियो। दाताले ६ वर्षमै हात झिकेपछि सरकार आफैंले मुसा अनुसन्धान कार्यक्रमलाई वर्षेनी लाखौं रकम छुट्याउने गरेको छ। परियोजना रहँदा जापानका तीनजना कर्मचारीसमेत अनुसन्धानमा संलग्न थिए।

मुसाले उत्पादनको चार प्रतिशतको हाराहारीमा खाद्यान्न खाने, नोक्सान गर्ने र फोहोर गर्ने कृषि विभाग अन्तर्गतको पोष्ट हार्भेष्ट व्यवस्थापन निर्देशनालयले जनाएको छ।

अहिले अनुसन्धानका लागि धेरै रकम नभए पनि नार्कले संसारमै पहिलोपटक मुसा नियन्त्रणका लागि परिवार नियोजन कार्यक्रम संञ्चालन गरिरहेको छ। यो कार्यक्रमबाट जापानका वैज्ञानिकले पनि महत्वपूर्ण ज्ञान लिएका छन्। किट विज्ञान महाशाखाको दुई वटा भवनमा तीनजना वैज्ञानिक र कर्मचारी मुसाको स्थायी परिवार नियोजनका लागि अहिले पनि खटिने गरेका छन्।

महाशाखाको मुसा अनुसन्धान कार्यक्रममा झण्डै १६ जोडी मुसा पालिएको छ। एउटा भवनमा मुसा अनुसन्धान कार्यक्रमको कार्यालय छ भने अर्कोमा लहरै बाकसजस्तै भाँडामा मुसा पालिएको छ।

मुसाको खान र रेखदेखका लागि कर्मचारी व्यस्त हुन्छन्। गहुँको टुक्रा, दूध, बदाम मुसाका लागि दैनिक खाना हुन्। यी मुसाका लागि दैनिक दुई सय रुपैयाँ बराबरको खाना चाहिने मुसा अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृत शिवराज चौहानले जानकारी दिए।

तीन दशकअघि जापान सरकारको सहयोगमा मुसाको परिवार नियोजन परियोजना सुरु भएको थियो। दाताले ६ वर्षमै हात झिकेपछि सरकार आफैंले मुसा अनुसन्धान कार्यक्रमलाई वर्षेनी लाखौं रकम छुट्याउने गरेको छ।

त्यसो त मुसालाई सबैभन्दा धेरै मनपर्ने सिद्रा माछा खुवाउनु परे दैनिक पाँच सयभन्दा बढी खर्च हुने गरेको छ। कर्मचारीको तलब, भ्रमण, आवश्यक प्राविधिक सामग्री र अनुसन्धानका लागि पालिएका मुसाका लागि खानाको खर्चमा अहिले पनि लाखौं खर्च भइरहेको छ। यसैगरी रुपन्देहीको भैरहवामा रहेको गहुँबाली अनुसन्धान केन्द्रमा डेढ हेक्टर क्षेत्रफलमा मुसाको परिवार नियोजनबारे ‘फिल्ड अनुसन्धान’ भइरहेको छ।

मुसाको परिवार नियोजन किन ?
संसारभर झण्डै दुई हजार प्रजातिका मुसा पाइए पनि नेपालमा भने ४५ प्रजातिका छन्। यसमध्ये मानिसलाई धेरै हानी गर्ने मुसा पाँच प्रजातिका मात्र रहेका छन्। घर मुसा, खेत मुसा, डुहुरे मुसा, ठूलोखेत मुसा र सानोखेत मुसा मानिसलाई हरेक प्रकारले दुःख दिने र नोक्सानी पुर्याउने मुसा हुन्।

दैनिक एउटा मुसाले ५/७ ग्रामदेखि ६०/६५ ग्रामसम्म खानेकुरा खान्छ भने त्यसको दुई गुणा फोहोर र नष्ट गर्ने गर्छ। एकजोडी मुसाले एकपटकमा चारदेखि १३ वटासम्म बच्चा जन्माउन सक्छ। एउटा बर्खायामको समयमा यसका १५ सयसम्म सन्तान हुन्छन्। ब्याएको सात दिनभित्र पोथी मुसा फेरि गर्भाधारण हुन योग्य भैहाल्छ।

मानिस जस्तै स्तनधारी प्राणी भएकोले मानिसको प्रजनन क्षमता रोक्न प्रयोग गरिने आयुर्वेदिक औषधि खुवाएर मुसाको परिवार नियोजन गर्ने गरिएको अनुसन्धान कार्यक्रमले जनाएको छ।

मुसाले उत्पादनको चार प्रतिशतको हाराहारीमा खाद्यान्न खाने, नोक्सान गर्ने र फोहोर गर्ने कृषि विभाग अन्तर्गतको पोष्ट हार्भेष्ट व्यवस्थापन निर्देशनालयले जनाएको छ। मुसा मानिसको स्वास्थ्यका दृष्टिकोणले पनि खतरनाक मानिन्छ। रोग सार्ने र खाना दुषित पार्नेदेखि रोगका जिवाणु र किरालाई समेत मुसाले आश्रय दिन्छ।
हरेक प्रकारले मानिसलाई हानी पुर्याउने मुसा नियन्त्रणका लागि धेरै प्रयास भएका छन्। विष खुवाउने, धराप थाप्ने लगायतका कुनै पनि प्रयास प्रभावकारी हुन नसकेपछि मुसाको स्थायी परिवार नियोजनको अनुसन्धान थालिएको हो। तर यो प्रविधि अहिलेसम्म किसान माझ पुग्न सकेको छैन। एक वर्षसम्म औषधि खुवाउँदा परिवार नियोजन हुने परीक्षण यसअघि सफल भएको थियो।

कसरी हुन्छ मुसाको नियोजन ?
झट्ट सुन्दा लाग्छ स्थायी परिवार नियोजन भन्नासाथ शल्यक्रिया गर्नुपर्छ। तर मुसालाई भने शल्यक्रिया नगरी नै स्थायी परिवार नियोजन गर्न सकिन्छ, त्यो पनि विभिन्न प्रकारका वनस्पतिको प्रयोगबाट। मानिस जस्तै स्तनधारी प्राणी भएकोले मानिसको प्रजनन क्षमता रोक्न प्रयोग गरिने आयुर्वेदिक औषधि खुवाएर मुसाको परिवार नियोजन गर्ने गरिएको अनुसन्धान कार्यक्रमले जनाएको छ।

संसारभर झण्डै दुई हजार प्रजातिका मुसा पाइए पनि नेपालमा भने ४५ प्रजातिका छन्। घर मुसा, खेत मुसा, डुहुरे मुसा, ठुलोखेत मुसा र सानोखेत मुसाले मानिसलाई हरेक प्रकारले दुःख दिने र नोक्सानी पुर्याउने गर्छ ।

एक वर्षसम्मको परीक्षणको क्रममा अन्डी नामको वनस्पतिको बिउको धुलो खुवाइएका मुसामा खासै परिवर्तन भएन। गोरखामुन्डी (मरठ्ठी) फूलको धुलो खुवाइएका मुसामा त्यो खाँदासम्म सन्तान नजन्माउने तर खुवाउन छोडेको केही समयपछि सन्तान जन्माउने गर्न थालेको देखियो। सरिफा (आटी)को बिउको धुलो, निमको तेल र निमको बिउको धुलो खुवाएको मुसाले सन्तान नजन्माउने गरेको पाइएको छ।

अनुसन्धानका क्रममा मुसाले सन्तान नजन्माए पनि भाले र पोथीबीच शारीरिक सम्पर्क चाहिँ यथावत रहने गरेको छ। अहिले एकदुई पटक मात्र औषधि खुवाएर सन्तान जन्माउन नसक्ने प्रविधिको खोजी भइरहेको छ।

यो प्रविधि ल्याबमा सफल भैसकेको वैज्ञानिकको भनाइ छ। यसलाई किसानमाझ लैजाने गरी केही महिनाभित्र भैरहवामा परीक्षणको तयारी भइरहेको छ। यसअघि परिवार नियोजनको कुरा आए पनि एक वर्षसम्म लगातार औषधि खुवाउनुपर्ने बाध्यता थियो भने अहिले एक दुईपटक मात्र खुवाएमा मुसाको प्रजनन् क्षमता ह्रास हुने तथ्य पत्ता लागेको छ।

अनुसन्धानका क्रममा मुसाले सन्तान नजन्माए पनि भाले र पोथीबीच शारीरिक सम्पर्क चाहिँ यथावत रहने गरेको छ। अहिले एकदुई पटक मात्र औषधि खुवाएर सन्तान जन्माउन नसक्ने प्रविधिको खोजी भइरहेको छ।

मुसा नियन्त्रणका अरु अस्त्र
मुसा समूहमा बस्न मन पराउँछ। त्यसैले एकपटक खाएको खाना मीठो लागेमा र त्यसले हानी नगरेमा समूहका अरु सदस्यलाई समेत बोलाएर ल्याउँछ। मुसाका लागि सबैभन्दा मनपर्ने खानेकुरा माछा, बदाम, चिल्लो अर्थात घिऊ र मकैको पिठो हो।

मुसाको प्वाल एक मिटरको हाराहारीमा मात्र हुन्छ। उसले प्वालको बीच भागमा घर बनाउँछ भने कम्तीमा पनि दुई वटा ढोका उसलाई चाहिन्छ। सकभर उसले सधैं एउटै बाटोको प्रयोग गर्छ। समूहको एकजना सदस्यलाई असर गरेको ठाउँमा वा एउटा मुसा मरेको ठाउँमा अर्को मुसा प्रायः जाँदैन। उसमा गन्ध सुँघ्न सक्ने क्षमता बढी हुन्छ।

मुसा मार्नका लागि घरगाउँमा पाइने वनस्पतिदेखि आधुनिक विषादीसम्म छन्। भाङको दाना र करबिरको पातलाई गहुँको पिठोमा मुछेर गोली बनाई मुसाले चलखेल गर्ने र खाने ठाउँमा राखिदिएमा त्यो प्रभावकारी हुनसक्छ। त्यस्तै मुसाले चलखेल गर्ने ठाउँमा फिटकिरी राखिदिँदा त्यसको गन्धले मुसा त्यहाँबाट भागी अन्यत्र जान्छन्।

समूहको एउटालाई असर गरेको ठाउँमा वा एउटा मुसा मरेको ठाउँमा अर्को मुसा प्रायः जाँदैन। उसमा गन्ध सुँघ्न सक्ने क्षमता बढी हुन्छ।

एउटा मुसालाई जिउँदै समातेर रंग दलिदिने र जहाँबाट समातेको छ, त्यही ठाउँमा छोडिदिएमा उसलाई देखेर अरु मुसा डराउँछन् र त्यहाँबाट भाग्छन्। यस्तै खोर, पासोले पनि मुसालाई नियन्त्रण गर्न सकिन्छ। तर एउटा मुसा मरेको खोर पासो छ भने तत्काल त्यसलाई सफा नगरेसम्म गन्धका कारण अर्को मुसा पर्दैन ।
विष राख्दा लगातार तीन दिनसम्म विष नराखेको र चौथो दिन विष राखेको खाना राखिदिनुपर्छ।

गम प्लेट प्रयोग गरेर पनि मुसा नियन्त्रण गर्ने गरिन्छ। धुवाँ लगाएर, पानी दुलोमा हालेर र घरमा मुसा पस्न सक्ने पाइपको प्रयोग गरेर पनि मुसा नियन्त्रण गर्न सकिन्छ। त्यस्तै घरमा बिरालो पालेर पनि मुसा नियन्त्रण गर्ने गरिन्छ। तर मुसा मार्नका लागि बेलुकीपख बिरालोलाई कहिल्यै खानेकुरा दिन नहुने वैज्ञानिकले बताएका छन्।

मुसा आतंकले सभ्यता नै लोप
रापानुई नामक टापु हिन्द महासागरको मध्य भागमा अवस्थित छ। इस्टर आइल्याण्ड भनेर चिनिने यसलाई संसारकै सबैभन्दा दुर्गम टापु पनि मानिन्छ। यहाँ संसारमै सबैभन्दा ढिला गरी मानव बसोबास सुरु भएको ठानिन्छ। यस क्षेत्रमा पोलिनेशियन आदिवासीले सर्वप्रथम इस्वी संवत ७०० देखि ८०० बीच आवाद गरेका थिए।

रापानुई टापुमा अझै पनि पोलिनेशियन आदिवासीले पूर्खाको स्मरणमा निर्माण गरेका भीमकाय मोआई शालिकहरु अझै देख्न सकिन्छ। रापानुईको इतिहास जति रोचक छ, सीमित स्रोत साधान भएको यस टापुमा भएको पर्यावरणीय विनाशको इतिहास पनि उत्तिकै दुखद छ। यहाँ देखिएको पर्यावरणीय विनाशलाई सारा मानव सभ्यताकै लागि चेतावनीका रुपमा पनि लिइन्छ।

मानवशास्त्री संसारकै सबैभन्दा दुर्गम टापु मानिने रापानुई अर्थात् इस्टर टापुमा भयानक पर्यावरणीय विनाशको मुख्य कारण नै मुसा भएको ठान्दछन्।

मानवशास्त्री संसारकै सबैभन्दा दुर्गम टापु मानिने रापानुई अर्थात् इस्टर टापुमा भयानक पर्यावरणीय विनाशको मुख्य कारण नै मुसा भएको ठान्दछन्। सन् २००५ मा सार्वजनिक एक प्रतिवेदनमा उल्लेख भएअनुसार हिन्द महासागरको बीचमा रहेको १६३ वर्गकिलोमिटर क्षेत्रफलको यस टापुमा सन् १३०० सम्म मुसाको सङ्ख्या २ करोड पुगेको थियो। ती मुसाहरुले १ करोड ६० लाखभन्दा धेरै पामका रुखहरु विनाश गरिदिएका थिए। मुसाले पामका बीउ खाइदिएपछि त्यहाँ पर्यावरणीय विनाश उत्पन्नभएको थियो।

सानो टापुमा मुसाको भक्षक अर्को ठूलो प्राणी नभएका कारण मुसाकै कारण रापानुईले पर्यावरणीय विनाश भोग्नुपरेको हवाई विश्वविद्यालयका मानवशास्त्री टेरी हन्टको प्रतिवेदनमा उल्लेख छ। यसबाट रापानुई सभ्यता नै लोप हुने अवस्थामा पुगेको थियो। चीन, भारत, सोभियत संघ, बंगलादेश, भियतनामजस्ता देशमा कृषि बालीमाथि मुसाको आतंकले ती देशका कृषकले अपूरणीय क्षति व्यहोर्ने गरेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : ०४ बजे

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको

निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ : अध्यक्ष कार्की

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले