चिसोका कारण शिशुको मृत्यु, ५० जना बिरामी « Khabarhub

चिसोका कारण शिशुको मृत्यु, ५० जना बिरामी


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकाेटमा चिसोबाट एक महिने शिशुको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोका कारण मृत्यु भएको हो ।

भेरी –२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए ।

चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन् । चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ ।

गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । 

उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १० : १६ बजे

थारूकहाँ झिलिमिली होइन, बल्छ आकाशे बत्ती (तस्बिरहरु)

काठमाडौं– चितवनको कालिका नगरपालिका-५ स्थित थारू समुदायका स्थानीय तिहारमा घर

सरकारको दबाबमा साइबर ब्युरोबाट अनुसन्धान भइरहेको अजयबाबुको आरोप

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरोको

बालुवाटारमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ९ जना पक्राउ

काठमाडाैँ – बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा छ

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

हाइकोउ– दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ

फूल बेचेरै तिहार खर्चको जोहो

राँझा- बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका