मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै « Khabarhub

मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सप्तरी– मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडवाडमा गनिन्छ ।

कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ ।  पर्व विशेषमा आज महोत्तरीका गाउँनगर बस्तीमा बिहानैदेखि युवापङ्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वनक्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ ।

पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित शाकाहारी खाना खाने परम्परा छ । अब चिसो मौसम छिप्पिदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको  मैथिल संस्कृति परम्पराका जानकार बर्दिबास नगरपालिका–२ का कर्मकाण्डी ब्राह्मण पण्डित महेशकुमार झा बताउँछन् ।

पर्वमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन् । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिता बढ्नु सकारात्मक भएको पाका मैथिलको प्रतिक्रिया छ ।

सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउनमा सहयोग हुने जिल्लाकै बलवा नगरपालिकाको बलवाबजारका बासिन्दा शिवनारायण झाको भनाइ छ ।

पर्व विशेषमा जिल्लाको बर्दिबास नगरक्षेत्रका कारेघोप्टे, माइस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरीडाँडा वनपार्क नजिकैका वनक्षेत्रका  अमलाका रुखका फेदमा एकाबिहानै कैयौँ वनभोजका टोली पुगेका छन् ।

खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीको भनाइ छ ।

मिथिलामा आज (कात्तिक शुक्ल नवमी) को दिनलाई कुष्माण्ड नवमीसमेत भनिने गरिएको छ । यसै तिथिमा द्वापरयुगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंश बध गर्नपूर्व मथुरा, वृन्दावन र गोवर्धन पर्वत क्षेत्र परिक्रमा गर्नुभएको जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता यस क्षेत्रका प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको भनाइ छ ।

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान विष्णु अमलाका रुखमा बस्ने हिन्दु मैथिल जनविश्वास  छ । अक्षय नवमीका दिन भगवान विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने हिन्दु मैथिल मान्यता छ ।

इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमला (धातृ) को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको डा विमलको भनाइ छ । अमला स्वस्थ खानाको वस्तु भएकाले यो पर्व  स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेको मैथिल युवा बताउँछन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १२ : ३४ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक