माइतीघरमा निषेधपछि स्थायी धर्ना बस्ने प्रभावित, टिकटकरहरु कहाँ पुगे ? « Khabarhub

माइतीघरमा निषेधपछि स्थायी धर्ना बस्ने प्रभावित, टिकटकरहरु कहाँ पुगे ?


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर-बानेश्वरमा सडकखण्डमा रोक लगाएपछि माइतीघरलाई स्थायी अखडा बनाएकाहरु प्रभावित बनेका छन् । साथै टिकटकरहरुको प्रदर्शनका कार्यक्रम पनि अन्योलमा परेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार आरती शाहको न्यायका लागि माइतीघरमा धर्ना बसेका उनका आफन्तलाई भने रत्नपार्कस्थित शान्तिबाटीकामा सारिएको छ । अन्यले भने प्रदर्शन र धर्नाका लागि जिल्ला प्रशासनसँग समन्वय नगरेको उनको दाबी छ ।

बस्नेतले खबरहबसँग भने, ‘उहाँको धर्ना निषेधले प्रभावित नहोस् भनेर हामी शान्तिबाटीकामा व्यवस्थापन गरेका छौं । त्यहाँ माइतीघरको भन्दा उपयुक्त प्रबन्ध मिलाएका छौं ।’

आरती शाहको परिवार असार १ गतेदेखि माइतीघरमा चौबीसै घण्टा धर्ना बस्दै आएको थियो । टिकटक प्रतिबन्ध फुकुवा नभएसम्म सरकारलाई दबाब दिन माइतीघरमा निरन्तर प्रदर्शनको घोषणा गरेका टिकटकरहरुले आजको कार्यक्रम रोकेका छन् । आन्दोलनको नेतृत्व गरिरहेका टिकटकर मनोज खत्रीका अनुसार उनीहरु आजै बैठक गरेर नयाँ स्थान तोक्ने तयारीमा छन् ।

प्रशासनले मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंको राजतन्त्र पुनःस्थापनाका लागि शक्ति प्रदर्शन र वर्तमान व्यवस्थाको रक्षाका लागि युवा संघले एकैदिन प्रदर्शनको घोषणा गरेपछि दुर्घटना हुन सक्ने भन्दै सो क्षेत्रमा एक महिना प्रदर्शन गर्न रोक लगाएइएको छ । दैनिकजसो प्रदर्शन र धर्ना हुने सो क्षेत्रमा निषेधले पीडितहरु प्रभावित भएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १२ : ४० बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक