यमनविरुद्ध खेल्ने नेपाली टोली घोषणा, अनन्तको कमब्याक « Khabarhub

यमनविरुद्ध खेल्ने नेपाली टोली घोषणा, अनन्तको कमब्याक


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चोटका कारण विश्राममा रहेका नेपाली टोलीका डिफेन्डर अनन्त तामाङ यमनविरुद्धको खेलबाट पुनरागमन गर्ने भएका छन् । यमनविरुद्धको टोली घोषणा गर्दा उनको नाम पनि समेटिएको छ । 

नेपालले आज घरेलु मैदान दशरथ रंगशालामा यमनविरुद्ध खेल्दै छ । सो खेलका लागि कप्तान किरणकुमार लिम्बूको नेतृत्वमा २३ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । 

गोलकिपरका लागि किरणकुमार लिम्बू, अभिषेक बरालर दीप कार्की रहेका छन् । डिफेन्डरका लागि अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ र रोहित चन्द रहेका छन् । 

त्यस्तै, मिडफिल्डरमा एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदेम्बे, दिनेश हेनजान, क्रितिशरत्न छुन्चुले स्थान बनाएका छन् । जिलेस्पीजंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी फरवार्डको भूमिकामा रहेका छन् ।

फिफा वरीयतामा यमन १५६ औं र नेपाल १७३ औं स्थानमा छ । खेल साँझ ७ बजेबाट सुरु हुनेछ । यसअघि नेपालले दोस्रो चरणको पहिलो खेलमा यूएईविरुद्ध ४–० को हार व्यहोरेको थियो । 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १ : २७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार