अजरबैजानद्वारा भ्रष्टाचारविरोधी पत्रकार पक्राउ | Khabarhub Khabarhub

अजरबैजानद्वारा भ्रष्टाचारविरोधी पत्रकार पक्राउ


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाकु अजरबैजानले मङ्गलबार राजनीतिक अभिजात वर्गमा भ्रष्टाचारको अनुसन्धान गर्ने दुई पत्रकारलाई हिरासतमा लिएको उनीहरूका वकिलहरूले बताएका छन् । कडा नियन्त्रण भएको क्यास्पियन मुलुक अजरबैजानमा मिडियालाई लक्षित गर्ने नयाँ कानूनी मुद्दामा उनीहरूलाई हिरासतमा लिइएको हो । 

ऊर्जा समृद्ध यो मुलुकमा लामो समयसम्म अलियेभ वंशले शासन गरेको छ । असहमतिका सङ्केतहरूले सामान्यतया अजरबैजानमा कडा सरकारी प्रतिक्रियाको सामना गर्नुपर्दछ । ‘प्रहरीले मङ्गलबार अब्जास मिडियाका प्रधानसम्पादक सेभिन्ज भागिफ्जीलाई युरोपबाट बाकु फर्कंदा हिरासतामा लिएको छ र उनको घरको खानतलासी गरेको छ’, उनका वकिल एल्चिन सादिगोभले भने । 

सोमबार मिडिया आउटलेटका निर्देशक उल्भी हसनलीलाई विदेशी मुद्रा तस्करी गरेको आरोपमा पक्राउ गरिएको उनका वकिल जिबेदा सादिगोभाले बताए। ‘हसनलीले स्वयंलाई दोषी मान्नुभएको छैन र आरोपहरू निराधार रहेको बताउनुभएको छ’, सादिगोभाले भने, ‘हसनलीलाई १२ वर्षसम्मको जेल सजायको खतरा छ ।’

हिरासतमा हसनलीसँग ‘अमानवीय व्यवहार’ गरिएको अब्जास मिडियाले बताएको छ । हसनलीलाई हिरासतमा कुटपिट वा दुर्व्यवहार गरेको रिपोर्टबाट ‘चिन्तित’ भएको अधिकार समूह एमनेस्टी इन्टरनेसनलले एक विज्ञप्तिमा भनेको छ । 

एमनेस्टी इन्टरनेसनलको दक्षिण ककेसस अनुसन्धानकर्ता नतालिया नोजाड्जेले भने, ‘उहाँको गिरफ्तारी अधिकारीहरूले उनीहरूको असहमतिलाई दबाउनका लागि गिरफ्तार गरिएका आलोचकहरूको ढाँचासँग मेल खान्छ’, एमनेस्टी इन्टरनेसनलको दक्षिण ककेसस अनुसन्धानकर्ता नतालिया नोजाड्जेले भने, ‘हसनलीले अजरबैजान मा उच्चस्तरीय भ्रष्टाचारका आरोपहरू दृढताका साथ पर्दाफास गर्नुभएको छ र सार्वजनिक हितका महत्त्वपूर्ण मुद्दाहरूलाई समेट्नुभएको छ, उहाँले विगतमा पनि सरकारबाट बारम्बार उत्पीडनको सामना गर्नुपरेको छ ।’

जुलाईमा अजरबैजानले उच्च प्रोफाइल राजनीतिक अर्थशास्त्री तथा नागरिक कार्यकर्ता गुबाड इबाडोग्लुलाई विभिन्न वित्तीय अपराधको आरोपमा पक्राउ गरेको थियो । इबाडोग्लुले ती आरोपलाई झुटो भन्दै अस्वीकार गरेका छन् । अजरबैजानमा उच्चस्तरीय भ्रष्टाचार उजागर गरेको प्रतिशोधमा आफूमाथि आरोप लगाइएको उनले बताए। 

राष्ट्रपति इल्हाम अलियेभको सरकारले मुलुकको खराब प्रजातान्त्रिक रेकर्डका लागि लामो समयदेखि अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्नुपरेको छ । अलियेभले आफ्ना बुबा हेदरपछि सन् २००३ देखि मुलुकमा कठोर शासन सञ्चालन गर्दै आएका छन्  । 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : १३ बजे

गण्डकीको बजेटमा माओवादीको आपत्ति

पोखरा– प्रमुख प्रतिपक्षी दल माओवादीको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक

कोशी प्रदेशसभाबाट विनियोजन विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको

सञ्चालनमा आयो ग्वार्को ओभरपास, सवारी जाम घट्ने

काठमाडौं– ललितपुरको ग्वार्कोमा ३९ महिना लगाएर निर्माण गरिएको ओभरपास शुक्रबारदेखि

‘माग्ने बुढा’ले एकै फिल्मबाट लिए ६१ लाख पारिश्रमिक !

काठमाडौं – अहिले अनमोल केसी र प्रदीप खड्काले लिने पारश्रिमकको

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक