मिसन अस्पताल सञ्चालनको तयारी « Khabarhub

मिसन अस्पताल सञ्चालनको तयारी


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

पर्वत– झण्डै २२ वर्षदेखि बन्द रहेको यहाँको मिसन अस्पताल सञ्चालनमा आउने भएको छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिणी पर्वतको पैँयु गाउँपालिका–४ हुवासमा खोलिएको सो अस्पताल चाँडै सञ्चालनमा आउन लागेको हो । 

अस्पतालका जीर्ण संरचना हाल पुननिर्माण भइरहेका छन् । काठमाडौँस्थित देउराली फाउन्डेसनले पुनःनिर्माणको काम थालेको हो । स्थानीय सरोकारवाला व्यक्ति, सङ्घसंस्था र स्थानीय सरकारसँगको पटकपटकको छलफलपछि फाउन्डेसनले अस्पताल सञ्चालनका लागि प्रारम्भिक काम अघि बढाएको पैँयु गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिएका छन् । 

फाउन्डेसनले अस्पतालको जग्गा, भवन र अन्य भौतिक सम्पत्तिको सुरक्षाको काम थालेको छ । भवन मर्मत, रङ्गरोगन, विद्युतीकरणलगायत काम गर्न थालिएको फाउन्डेसनका अध्यक्ष भीम घिमिरेले जानकारी दिएका छन् । 

अहिले भएका काममा अमेरिकाको क्यालिफोर्निया राज्यमा दर्ता भई संसारभरका नन रेसिडेन्ट नेपालीसँगै काम गरिरहेको संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनले आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष माधव मरासिनीले बन्द रहेको अस्पताल पुनः सञ्चालनको प्रारम्भिक चरणमा जोडिएर परोपकारी काम गर्न पाउँदा खुसी लागेको बताएका छन् । 

अमेरिकाबाट आएका विशेषज्ञ चिकित्सकको समूहले स्थानीय साझेदारसँगको सहकार्यमा २०५० सालमा मिसन अस्पताल स्थापना गरिएको हो । आठ वर्ष मात्र सञ्चालन भई अस्पताल २०५८ सालमा बन्द भएको थियो । पर्वत, स्याङ्जा र गुल्मीका बिरामीलाई लक्षित गरी १५ रोपनी जग्गामा ‘एडभान्टिस्ट फन्ट मिसन’ नामक अमेरिकी संस्थाले रु एक करोड लगानीमा अस्पताल निर्माण गरेको हो । 

अस्पताल पुनः सञ्चालनमा आउने खबरले उत्साहित बनाएको स्थानीय  लालबहादुर प्रधानले बताए।     

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ४ : ३५ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक