मिसन अस्पताल सञ्चालनको तयारी « Khabarhub

मिसन अस्पताल सञ्चालनको तयारी


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

पर्वत– झण्डै २२ वर्षदेखि बन्द रहेको यहाँको मिसन अस्पताल सञ्चालनमा आउने भएको छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिणी पर्वतको पैँयु गाउँपालिका–४ हुवासमा खोलिएको सो अस्पताल चाँडै सञ्चालनमा आउन लागेको हो । 

अस्पतालका जीर्ण संरचना हाल पुननिर्माण भइरहेका छन् । काठमाडौँस्थित देउराली फाउन्डेसनले पुनःनिर्माणको काम थालेको हो । स्थानीय सरोकारवाला व्यक्ति, सङ्घसंस्था र स्थानीय सरकारसँगको पटकपटकको छलफलपछि फाउन्डेसनले अस्पताल सञ्चालनका लागि प्रारम्भिक काम अघि बढाएको पैँयु गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिएका छन् । 

फाउन्डेसनले अस्पतालको जग्गा, भवन र अन्य भौतिक सम्पत्तिको सुरक्षाको काम थालेको छ । भवन मर्मत, रङ्गरोगन, विद्युतीकरणलगायत काम गर्न थालिएको फाउन्डेसनका अध्यक्ष भीम घिमिरेले जानकारी दिएका छन् । 

अहिले भएका काममा अमेरिकाको क्यालिफोर्निया राज्यमा दर्ता भई संसारभरका नन रेसिडेन्ट नेपालीसँगै काम गरिरहेको संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनले आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष माधव मरासिनीले बन्द रहेको अस्पताल पुनः सञ्चालनको प्रारम्भिक चरणमा जोडिएर परोपकारी काम गर्न पाउँदा खुसी लागेको बताएका छन् । 

अमेरिकाबाट आएका विशेषज्ञ चिकित्सकको समूहले स्थानीय साझेदारसँगको सहकार्यमा २०५० सालमा मिसन अस्पताल स्थापना गरिएको हो । आठ वर्ष मात्र सञ्चालन भई अस्पताल २०५८ सालमा बन्द भएको थियो । पर्वत, स्याङ्जा र गुल्मीका बिरामीलाई लक्षित गरी १५ रोपनी जग्गामा ‘एडभान्टिस्ट फन्ट मिसन’ नामक अमेरिकी संस्थाले रु एक करोड लगानीमा अस्पताल निर्माण गरेको हो । 

अस्पताल पुनः सञ्चालनमा आउने खबरले उत्साहित बनाएको स्थानीय  लालबहादुर प्रधानले बताए।     

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ४ : ३५ बजे

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि