सांकेतिक तस्बिर

अपराध

कोकिनसहित भारतीय महिला पक्राउ

By खबरहब

November 21, 2023

काठमाडौं– अवैध लागूऔषध कोकिन १ किलो ९ सय ७३ ग्रामसहितमा भारतीय नागरिक  ३२ वर्षीया किमरोसाङगीलाई प्रहरीले पक्राउ गरेको छ ।  

हिमालय एयरलाइन्सबाट दोहा हुँदै काठमाडौं आएकी उनलाई काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा प्रहरीले जाँच गर्ने क्रममा सुटकेसमा फल्स बटम बनाई लुकाई ल्याउँदै गरेको उक्त कोकिनसहित पक्राउ गरेको हो । 

उनी उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।