कोप-२८ मा क्षतिपूर्तिको दाबी गर्न सुझाव « Khabarhub

कोप-२८ मा क्षतिपूर्तिको दाबी गर्न सुझाव


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ । यही मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनको तयारी चुस्त पारिएको छ। 

सम्मेलनमा नेपालको तयारीका लागि आज काठमाडौँमा ‘राष्ट्रिय जलवायु सम्मेलन’ गरिएको छ । वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

सम्मेलनमा नेपाल सरकारका मन्त्रीहरू, मुख्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका सदस्य, नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सरोकारवाला सरकारी निकायका पदाधिकारी तथा साझेदार संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

सम्मेलनका वक्ताहरूले हरितगृह ग्यास उत्सर्जनमा नेपालको नगण्य हिस्सा भए पनि जलवायु परिवर्तनका असरबाट बढी प्रभावित भएको उल्लेख गर्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा यसको क्षतिपूर्तिको माग दाबी गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रियरूपमा गरेको प्रतिबद्धता कार्यान्वयन गरेको बताए । उनले भने, ‘नेपालले कार्यान्वयन गरेका प्रतिबद्धताको विश्व समुदायले प्रशंसा गर्नुपर्छ, नेपालले कोप-२८ मा सशक्त दृष्टिकोण राख्नुपर्छ ।’ मन्त्री डा महतले जलवायुका असरबाट सिर्जित समस्याको समाधानका लागि नेपाललाई ठोस सहयोगको आवश्यकता रहेको उल्लेख गरे।

वनमन्त्री डा वीरेन्द्रप्रसाद महतोले कोप-२८ मा नेपालले उठाउने विषय वस्तु र प्रतिवेदन तयारीका सम्बन्धमा सरकारले आवश्यक तयारी गरिसकेको जानकारी गराए । यसपटक नेपालको पूर्ण तयारीका साथ उच्चस्तरीय र प्रभावकारी सहभागिता हुने भन्दै उहाँले नेपाल सरकारले  कोप२८ मा सहयोगको याचना होइन, क्षतिपूर्ति विशेष मागदाबी हुने उल्लेख गरे ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ५ : ४६ बजे

क्यान्सरको उपचारमा प्रयोग हुने औषधी पाइने आपूर्तिकर्ताको सूची सार्वजनिक 

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल