पुल्चोक आसपास ६ महिनाका लागि निषेधाज्ञा « Khabarhub

पुल्चोक आसपास ६ महिनाका लागि निषेधाज्ञा


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक क्षेत्रआसपास ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मंगलबार आदेश जारी गर्दै पुल्चोक क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञाको घोषणा गरेका हुन् । यसनुसार पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय किताबखाना, उत्तरतर्फ आन्तरिक राजश्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डलाई चार किल्ला आधार बनाएर निषेधित क्षेत्र तोकिएको हो ।

ललितपुर जिल्ला प्रशासनले जारी गरेको आदेशअनुसार अब मंसिर ५ गतेदेखि ६ महिनासम्मका लागि यस क्षेत्रमा पाँच जनाभन्दा धेरै सङ्ख्यामा मानिसहरु भेला भएर नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । ललितपुर प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम यस्तो आदेश जारी गरिएको जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ०२ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको