अमेरिकी राष्ट्रपति ८१ वर्ष पुगे, यसै साताको अन्त्यमा नरिवलको केक काटेर जन्मदिन मनाउने « Khabarhub

अमेरिकी राष्ट्रपति ८१ वर्ष पुगे, यसै साताको अन्त्यमा नरिवलको केक काटेर जन्मदिन मनाउने


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति जो बाइडेन ८१ वर्ष पुगेका छन् । सोमबार उनी ८१ वर्ष पुगेका हुन् ।

यद्यपि उनले आफ्नो जन्मदिन यसै साताको अन्त्यतिर मनाउने भएका छन् । अमेरिकी प्रशासन ह्वाइट हाउसकी प्रवक्ता केरिन जेन पिएरले बाइडेन परिवारले यसै साताको अन्त्यमा नरिवलको केक काटेर जन्मदिन मनाउने जानकारी दिएकी हुन् ।

थ्याङ्क्सगिभिङको विदामा मासाचुसेट्स राज्यको न्यानटकिट टापुमा बाइडेन परिवार भेला हुने र त्यहीँ राष्ट्रपति जोले केक काटेर जन्मदिन मनाउने उनको भनाइ छ ।

७८ वर्षको उमेरमा सन् २०२० मा निर्वाचित भएर २०२१ मा पद सम्हाल्दा उनी अमेरिकी इतिहासमै सबैभन्दा वृद्ध राष्ट्रपति बनेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ५२ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र