अमेरिकी राष्ट्रपति ८१ वर्ष पुगे, यसै साताको अन्त्यमा नरिवलको केक काटेर जन्मदिन मनाउने | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति ८१ वर्ष पुगे, यसै साताको अन्त्यमा नरिवलको केक काटेर जन्मदिन मनाउने


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति जो बाइडेन ८१ वर्ष पुगेका छन् । सोमबार उनी ८१ वर्ष पुगेका हुन् ।

यद्यपि उनले आफ्नो जन्मदिन यसै साताको अन्त्यतिर मनाउने भएका छन् । अमेरिकी प्रशासन ह्वाइट हाउसकी प्रवक्ता केरिन जेन पिएरले बाइडेन परिवारले यसै साताको अन्त्यमा नरिवलको केक काटेर जन्मदिन मनाउने जानकारी दिएकी हुन् ।

थ्याङ्क्सगिभिङको विदामा मासाचुसेट्स राज्यको न्यानटकिट टापुमा बाइडेन परिवार भेला हुने र त्यहीँ राष्ट्रपति जोले केक काटेर जन्मदिन मनाउने उनको भनाइ छ ।

७८ वर्षको उमेरमा सन् २०२० मा निर्वाचित भएर २०२१ मा पद सम्हाल्दा उनी अमेरिकी इतिहासमै सबैभन्दा वृद्ध राष्ट्रपति बनेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ५२ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको