अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भयो : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भयो : प्रधानमन्त्री प्रचण्ड


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा भएका समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी दिशाबारे राजनीतिक क्षेत्र, निजी क्षेत्र, विज्ञलगायत सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले सहकारी, लघुवित्त, बैंकको ब्याज, व्यवसायीको कर्जाजस्ता समस्या देखाउँदै राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताएका हुन् ।

उनले अहिले समाजमा अराजकता फैलाउने प्रयास भइरहेकाले बाहिरको भ्रम चिर्न सरोकारवाला सबै एकठाउँमा रहेको सन्देश दिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले एक वर्षको अवधिमा अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक देखिए पनि अर्थतन्त्र पूर्ण रुपमा दबाबमुक्त हुन नसेकेको उल्लेख गरे । नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र आगामी दिनका अघि बढ्न सरकारले योजना बनाउन खोजेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्रमा विद्यमान समस्याको मिलेर सामना गर्नुपर्ने अन्यथा सङ्कट थप गहिरिँदै जाने जिकिर गरे ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ७ : ०१ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति