अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भयो : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भयो : प्रधानमन्त्री प्रचण्ड


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा भएका समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी दिशाबारे राजनीतिक क्षेत्र, निजी क्षेत्र, विज्ञलगायत सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले सहकारी, लघुवित्त, बैंकको ब्याज, व्यवसायीको कर्जाजस्ता समस्या देखाउँदै राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताएका हुन् ।

उनले अहिले समाजमा अराजकता फैलाउने प्रयास भइरहेकाले बाहिरको भ्रम चिर्न सरोकारवाला सबै एकठाउँमा रहेको सन्देश दिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले एक वर्षको अवधिमा अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक देखिए पनि अर्थतन्त्र पूर्ण रुपमा दबाबमुक्त हुन नसेकेको उल्लेख गरे । नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र आगामी दिनका अघि बढ्न सरकारले योजना बनाउन खोजेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्रमा विद्यमान समस्याको मिलेर सामना गर्नुपर्ने अन्यथा सङ्कट थप गहिरिँदै जाने जिकिर गरे ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ७ : ०१ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु