दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस, टिकटक बन्द गर्ने निर्णयबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश, पुल्चोक आसपास ६ महिनाका लागि निषेधाज्ञा, निषेधाज्ञाविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता, युवा संघले तीनकुनेमा निकाल्यो मशाल जुलुसलगायतका समाचारले प्रमुख स्थान पाए ।

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस
सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरिषदले ६ जनाको नाम सिफारिस गरेको छ । आज बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

टिकटक बन्द गर्ने निर्णयबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश
सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले टिकटक बन्द गर्ने सरकारको निर्णयबारे सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

पुल्चोक आसपास ६ महिनाका लागि निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक क्षेत्रआसपास ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मंगलबार आदेश जारी गर्दै पुल्चोक क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञाको घोषणा गरेका हुन् ।

निषेधाज्ञाविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता
माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै अधिवक्ता स्वागत नेपालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।

अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भयो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा भएका समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने
नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बुधबारका लागि बोलाएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।

देशलाई समृद्धिको मार्गमा एमालेले डोर्‍याउने दाबी
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको बताएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले स्वयंसेवक टोली पठाउने
नेपाली कांग्रेसले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गर्न स्वयंसेवक टोली त्यसतर्फ पठाउने भएको छ ।

युवा संघले तीनकुनेमा निकाल्यो मशाल जुलुस
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको छ ।

मंसिर ७ गते गर्न लागेको बृहत प्रदर्शनको पूर्वसन्ध्यामा युवा संघले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको हो ।

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई शीघ्र टुङ्गोमा पुर्‍याउन नेपाल सरकारसँग आग्रह गरेको छ । आयोगले विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भए पनि द्वन्द्वपीडितले न्याय नपाएको भन्दै सङ्क्रमणकालीन कानुन संशोधन गर्न आग्रह गरेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ८ : ५९ बजे

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान