भारतद्वारा नेपाललाई चौथो चरणको राहत सामग्री हस्तान्तरण « Khabarhub

भारतद्वारा नेपाललाई चौथो चरणको राहत सामग्री हस्तान्तरण


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरुका लागि सहयोगस्वरुप भारतले नेपाललाई चौथो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ ।

भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते नेपाल आइपुगेको अत्यावश्यक चिकित्सा सामग्री सहितको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको जनाएको हो ।

नेपाल चिकित्सक संघको मागअनुसार भारतले राहत सामग्री उपलब्ध गराएको राजदूतावासले जनाएको छ । यी राहत सामग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश छन् ।

जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको भारतीय राजदूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने समेत राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ७ : २९ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक