भारतद्वारा नेपाललाई चौथो चरणको राहत सामग्री हस्तान्तरण | Khabarhub Khabarhub

भारतद्वारा नेपाललाई चौथो चरणको राहत सामग्री हस्तान्तरण


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरुका लागि सहयोगस्वरुप भारतले नेपाललाई चौथो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ ।

भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते नेपाल आइपुगेको अत्यावश्यक चिकित्सा सामग्री सहितको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको जनाएको हो ।

नेपाल चिकित्सक संघको मागअनुसार भारतले राहत सामग्री उपलब्ध गराएको राजदूतावासले जनाएको छ । यी राहत सामग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश छन् ।

जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको भारतीय राजदूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने समेत राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ७ : २९ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून