फिफा विश्वकप छनोट: यमनसँग नेपाल पराजित « Khabarhub

फिफा विश्वकप छनोट: यमनसँग नेपाल पराजित


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ। मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफमा यमनलाई बराबरीमा रोकपनि दोस्रो हाफमा नेपाल सम्हालिन सकेन । यमनका लागि खेलको ७२ औँ मिनेटमा ओमर अलदही र ९० औँ मिनेटमा मोहम्मद अब्दुल्लाह अल–दहीले गोल गरे ।

विश्वकप फुटबलको एसियन छनोटको दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन्। फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। भने बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छानिनेछन्। भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छनोट हुनेछन् । पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : ०३ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने