इजरायली आक्रमणबाट २० प्यालेस्टाइनीको मृत्यु « Khabarhub

इजरायली आक्रमणबाट २० प्यालेस्टाइनीको मृत्यु


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ।

‘मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनहरूमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ,’ स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

उत्तरी गाजामा, बेइट लाहिया शहरको इन्डोनेसियाली अस्पतालमा इजरायली हवाई आक्रमण र कमल ओडवान अस्पतालमा भएको आक्रमणबाट मङ्गलबार दर्जनौं प्यालेस्टाइनीहरू मारिएका छन् कैयौं घाइते भएका छन् ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरू र स्थानीय प्रत्यक्षदर्शीहरूले बताएअनुसार जबलिया शरणार्थी शिविरको पश्चिम अल-फलौजा क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने विद्यालयमा इजरायली हमलाले थुप्रै हताहत भएको बताएका छन्। स्थानीय उद्धारकर्ताहरू उद्धारकार्यमा संलग्न छन् ।

डाक्टर विदाउट बोर्डर्सले प्रेस विज्ञप्ति जारी गर्दै गाजाको उत्तरी भागमा रहेका आफ्ना कामदारहरूसँगको सबै सम्पर्क टुटेको भन्दै ूत्यहाँको अवस्था गम्भीरू रहेको बताएको छ ।

इजरायली आक्रमणले प्रमुख सञ्चार टावरहरूलाई निशाना बनाएपछि गाजा शहर र यसको उत्तरी क्षेत्रहरूमा केही दिनदेखि सञ्चार अवरुद्ध भएको छ। इजरायल रक्षा बलले मङ्गलबार विज्ञप्ति जारी गर्दै विगत २४ घण्टामा गाजामा २५० उड्डयन लक्षित आक्रमण गरेको जनाएको छ।

अघिल्लो दिन, इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले सोशल मिडिया प्लेटफर्म ह् मा इजरायली सेनाले प्यालेस्टिनी लडाकुहरूलाई हटाउन र पूर्वाधार नष्ट गर्न गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविर जबलियाको घेराबन्दी पूरा गरेको छ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : ५४ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल