भूकम्पबाट भएको क्षति विवरण बुझाउन निर्देशन | Khabarhub Khabarhub

भूकम्पबाट भएको क्षति विवरण बुझाउन निर्देशन


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दैलेख – जिल्ला विपद् व्यवस्थापन समिति दैलेखको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण पाँच दिनभित्र बुझाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा भूकम्पबाट भएका क्षतिको विवरण बुझाउन निर्देशन दिएको हो ।

बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर स्थानीय तहको विपद् व्यवस्थापन समितिबाट निर्णय गराई विपद् व्यवस्थापन समितिमा सिफारिस गर्न बैठकले निर्देश गरेको दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए।

विपद् व्यवस्थापन समितिको बैठकमा यसअघि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकका निर्णय कार्यान्वयनका विषयमा छलफल गरिएको थियो । बैठकमा विपद्को पूर्वतयारी, हेलिप्याडको व्यवस्थापन, सडकको स्तरोन्नति, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखलाई थप सेवा प्रभावकारी बनाउन यहाँका ११ वटै स्थानीय तहले ध्यान दिनुपर्ने विषयमा छलफल भएको प्रशासकीय अधिकृत कोइरालाले बताए ।

जिल्लाबाट बाहिर जाने यातायातको भाडादर महँगो भएको जनगुनासो आउन थालेकाले यसलाई व्यवस्थित गर्नका लागि यातायात व्यवसायीसँग छलफल गरी सम्बोधन गरिने विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १० : ३९ बजे

भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

भैरहवा– सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

कति सम्भव छ लिङ्देन र थापाको एकता ?

काठमाडौं– नेपालका राजावादी पार्टीहरु फुट्नमा कम्युनिष्टजस्तै अब्बल छन् । विभिन्न

विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं– मलेसियामा आयोजना हुने आइसिसी यु–१९ (उन्नाइस वर्षमुनि) महिला विश्वकप

रवि आइतबार मात्रै काठमाडौं अदालतमा उपस्थित हुने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे

गण्डकी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय