टन्सिलको असर मुटुसम्म पुग्न सक्छ « Khabarhub

टन्सिलको असर मुटुसम्म पुग्न सक्छ

टन्सिलबाट कसरी बच्ने ?


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

टन्सिल भनेको हाम्रो घाँटीमा हुने एउटा ग्रन्थी हो। त्यसमा संक्रमण भएर आउने समस्यालाई टन्सिलाइसिस् भनिन्छ। यो समस्या व्यक्तिअनुसार फरक फरक कारणले हुनसक्छ। जस्तै कसैलाई चिसो खानाले हुन्छ भने कसैलाई चिल्लो, अमिलो खानाले पनि लाग्ने गर्दछ। टन्सिल धेरै भयो भने मुटुको भल्भमा असर गर्छ र अप्रेशन नै गर्नुपर्ने अवस्था बन्नसक्छ।

घाँटीमा पिप जम्ने र त्यो शरीरका अन्य अंगहरुमा फैलिएर ज्यानै समेत जोखिममा पर्नसक्छ। त्यसैले टन्सिलका सामान्य लक्षणहरु देखिने बित्तिकै ढिलो नगरी उपचारमा लाग्नुपर्ने चिकित्सकको सुझाव छ। टन्सिल के कारणले हुन्छ ? यसको उपचारमा ढिलाई गर्दा स्वास्थ्यमा कस्तो असर देखिन्छ ? भन्ने विषयमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अरुण सापकोटासँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानीको सम्पादित अंशः

टन्सिल हुनुको मुख्य कारण के हो ?
खासमा टन्सिल भनेको हाम्रो घाँटीमा हुने एउटा ग्रन्थी हो। त्यसमा संक्रमण भएर आउने समस्यालाई टन्सिलाइसिस् भनिन्छ। यो व्यक्ति अनुसार फरक फरक कारणले लाग्ने गर्दछ। जस्तै कसैलाई चिसो खानाले लाग्छ भने कसैलाई चिल्लो, अमिलो खानाले पनि लाग्ने गर्दछ।

यस्का लक्षणहरु के के हुन् ?
बिरामी आफूले अनुभव गर्ने कुरा घाँटी दुख्ने, मुखमा पाकेको जस्तो पिप देखिने, गन्हाउने, खाना खान गारो हुने जस्ता लक्षणहरु देखिन्छन्।

कुन उमेरमा बढी हुने गर्दछ ?
यही उमेरमा देखिन्छ भन्ने छैन जुन उमेरमा पनि देखिन सक्छ। तर यो खानपानको कारणले देखिने समस्या भएकाले खानपानको सवालमा बच्चाहरु मुख बार्न नसक्ने भएकाले बच्चाहरुमा बढी देखिने गर्दछ।

यसबाट बच्न के गर्ने ?
सबैभन्दा पहिले खानपानमा ध्यान दिने, कुन मौसममा कस्तो खानाले आफूलाई कठिन बनाउँछ त्यो ख्याल गर्ने र त्यही अनुसारको खाना खाने अनि न्यानो भएर बस्ने गर्यौं भने यसबाट बच्न सकिन्छ।

टन्सिल भइसकेपछि घरेलु उपचार के गर्न सकिन्छ ?
घाँटी दुखिरहेको छ या त्यस्ता अन्य कुनै लक्षण देखिए भने घरमा अन्य सदस्यलाई आफ्नो समस्या भन्नुपर्छ। मनतातो पानीले कुल्ला गर्ने, मुखलाई सफा राख्ने गर्नुपर्दछ। तर दुखाई बढ्दै गयो, ज्वरो आयो, खाना खान समस्या भयो भने ढिलो नगरी अस्पताल जानुपर्दछ।

बिरामीहरु अहिले कस्तो अवस्थामा अस्पताल आउँछन् ?
धेरै बिरामीहरु समस्या बढी भइसकेपछि मात्रै अस्पताल आउने गरेका छन्। कतिपय बिरामी त मेडिकलबाट आफै औषधिध किनेर खाने र त्यो औषधिले काम नगरेको अवस्थामा अस्पताल आउने गर्दछन्।

टन्सिलका बिरामीहरु ढिलो गरी अस्पताल आइपुग्दा यसले अन्य स्वास्थ्यमा कस्तो असर गर्छ ?
बच्चाहरुमा टन्सिलको समस्या बेला बेलामा देखिरहेको छ भने उसमा जुन कीटाणु कारण यस्तो समस्या देखिएको हो। त्यो कीटाणुले पछि गएर उसको मुटुको भल्भमा असर गर्छ र अप्रेशन नै गर्नुपर्ने अवस्था पनि आउनसक्छ। त्यस्तै बच्चासँगै अन्य व्यक्तिमा पनि घाँटीमा पिप जम्ने र त्यो शरीरका अन्य अंगहरुमा फैलिएर ज्यानै समेत जोखिममा पर्न सक्छ। त्यसैले टन्सिलका सामान्य लक्षणहरु देखिने बित्तिकै ढिलो नगरी उपचारमा लाग्नुपर्छ।

घाँटीको हेरचाहको विषयमा याहाँको सुझाव के छ ?
सबै खालको घाँटी दुखाइमा टन्सिल नै भएको हो भन्ने हुँदैन। घाँटीको धेरै संक्रमण मध्ये एउटा टन्सिल हो। धेरैले घाँटी दुख्यो टन्सिल भयो भन्दै मेडिकलबाट औषधि किनेर खाने गर्छन्। त्यसले गर्दा अन्य समस्या आउन सक्छन्। त्यसैले सकेसम्म सामान्य घाँटी दुखाइमा औषधिको प्रयोग नगरौं। दुखाई धेरै नै भयो औषधि खानैपर्ने अवस्था आयो भने पनि सम्बन्धित चिकित्सकको सल्लाह लिएर मात्रै औषधि खाने गर्नुपर्छ। घाँटी दुखीरहने मान्छेले मुख बार्नुपर्छ। चिल्लोे पिरो, अमिलो र चिसो पदार्थहरु कम खाने गर्नुपर्छ। बच्चामा यस्तो समस्या छ भनेर त्यसलाई गम्भीर रुपमा लिनुपर्छ। समयमै चिकित्सकको परामर्श अनुसार उपचारमा लाग्नु राम्रो हुन्छ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ७ : ५६ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको काम देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण