ऐना घरको कुन दिशामा राख्ने ? « Khabarhub

ऐना घरको कुन दिशामा राख्ने ?


५ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.5k
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– ऐना हामी सबैलाई थाहा छ र हामी सबैको घरमा ऐना अवश्य पनि छ नै । वास्तुशास्त्रीले पनि ऐनालाई निकै महत्त्वपूर्ण ठानेको छ । 

वास्तुशास्त्रअनुसार घरमा ऐना राख्ने सही दिशा निर्धारण गरिएको छ । यदि सही दिशामा ऐना राखियो भने उक्त घर परिवारमा सुख, शान्ति समृद्दि छाउने र सबै भन्दा महत्त्वपूर्ण कुरा शत्रुको नास हुने मान्यता रहिआएको छ । 

वास्तुशास्त्रअनुसार ऐना घरको उत्तर, पूर्व र पश्चिम दिशामा राख्नु अत्यन्तै शुभ मानिएको छ । यस दिशामा ऐना राख्दा  उन्नति र लाभ हुनाका साथै धनसम्पत्ति राख्ने दराजमा ऐना राख्दा त्यसले धनलाई बढाउने गर्छ । 

वास्तुशास्त्रका अनुसार ऐनालाई बेड रुममा राख्नु उचित मानिएको छैन । त्यसैगरी ऐना घरको मुख्य ढोका अगाडि राख्न हुँदैन । त्यसो गर्दा ढोकाबाट आउने सकारात्मक ऊर्जा ऐनामा ठोकेर फर्किन्छ । बाथरुमको पनि दक्षिण र पश्चिम भित्तामा ऐना राख्नु हुँदैन ।   

कस्तो ऐना किन्ने त ? 

जहिले पनि ऐना किन्दा त्यसमा कुनै दाग वा खोटो नभएको अनुहार स्पष्ट देखिने किन्नु पर्छ, धमिलो अनुहार देखाउने ऐनाले घरमा रोग बढाउँछ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ६ : १९ बजे

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि