आईपीएल : सबै टोलीको संरचना तयार, चर्चामा इतिहासकै महंगा खेलाडी स्टार्क | Khabarhub Khabarhub

आईपीएल : सबै टोलीको संरचना तयार, चर्चामा इतिहासकै महंगा खेलाडी स्टार्क


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

बहुप्रतीक्षित आईपीएल अक्सन मंगलबार सकिएको छ। सोही दिनको अक्सन मार्फत ७२ क्लबले नयाँ टोली पाएका छन्। १० टोलीले मङ्गलवारको अक्सनमा कुल दुई सय ३० करोड ४५ लाख रुपैयाँको घोषणा गरे।

भारतका शिवं दुवे र समीर रिज्भी भाग्यमानी ठहरिए। दुवे पाँच दशमलव आठ करोडमा राजस्थान रोयल्समा पुगे भने चेन्नाइले आठ दशमलव चार करोडमा रिज्भीलाई अनुबन्ध गरेको छ।

मङ्गलबारको दिन साहरुक खान र कुमार कुसाग्रका लागि महत्त्वपूर्ण साबित भयो भने मिचेस स्टार्क आइपिएल इतिहासकै महंगा खेलाडी घोषित भए। स्टार्कलाई कलकत्ता नाइट राइडर्सले २४ दशमलव ७५ करोडमा टोलीमा आबद्ध गराउनु केही मिनेट अघि अस्ट्रेलियाली कप्तान प्याट कुमीन्स राजस्थान रोयल्समा २० दशमलव पाँच करोडमा आबद्ध भएका थिए।

भारतका शिवं दुवे र समीर रिज्भी भाग्यमानी ठहरिए। दुवे पाँच दशमलव आठ करोडमा राजस्थान रोयल्समा पुगे भने चेन्नाइले आठ दशमलव चार करोडमा रिज्भीलाई अनुबन्ध गरेको छ।

भारतीय सिमर उमेश यादव पाँच दशमलव आठ करोडमा गुजरात टाइटनमा आबद्ध भए भने शिवं मावि ६ दशमलव चार करोडमा लखनउ सुपर जाइन्टमा आबद्ध भए।

न्युजील्यान्डका अलराउण्डर डारियल मिचेल १४ करोड रुपैयाँमा चेन्नाइमा पुगे। यसैगरी पन्जाब किङले हर्सल पटेलका लागि ११ दशमलव ७५ करोड खर्चियो।

चेन्नाइले अलराउण्डर टोलीमा समावेश गर्ने क्रममा शार्दूल ठाकुरलाई चार करोडमा भित्रायो। रचिन रवीन्द्र पनि एक दशमलव आठ करोडमा सोही टोलीमा पुगे। कलकत्तालाई पार गर्दै राजस्थान रोयल्स वेस्ट इन्डिजका टी-२० कप्तान रोभमन पावेललाई सात दशमलव ४० करोडमा टोलीमा आबद्ध गर्न सफल भयो। बेस प्राइस एक करोड भएका उनी यस आइपिएलको अक्सनमा बिक्री हुने पहिलो खेलाडी समेत हुन्। रिले रुसोको प्रति कम चासो देखियो। हेरी ब्रुक भने चार करोड रुपैयाँमा दिल्ली क्यापिटल पुगे।

कलकत्तालाई पार गर्दै राजस्थान रोयल्स वेस्ट इन्डिजका टी-२० कप्तान रोभमन पावेललाई सात दशमलव ४० करोडमा टोलीमा आबद्ध गर्न सफल भयो। बेस प्राइस एक करोड भएका उनी यस आइपिएलको अक्सनमा बिक्री हुने पहिलो खेलाडी समेत हुन्।

अस्ट्रेलियालाई विश्वकप दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ट्रेभिस हेडका लागि चेन्नाइ सुपर किङ्स र सनराइजर्स हैदरावाद बिच प्रतिस्पर्धा भएको थियो। बेस प्राइस दुई करोड भएका उनी ६ दशमलव ८ करोडमा हैदरावाद पुगे।

स्टेभन स्मिथ, करुण नयर र मनीस पाण्डे प्रति पनि कुनै टोलीको कम रुचि देखियो। पाण्डे बेस प्राइस ५० लाखमा कलकत्ता नाइट राइडर्समा अटाए।

अन्तर्राष्ट्रिय क्रिकेटमा छाइ सकेका रसे भान डेर डुसेन, जिम्मी निसम, माइकल ब्रेसवेल, म्याट हेन्री र किली जिमीसन बिक्री नभए पनि अन्तर्राष्ट्रिय खेलको अनुभव नभएका अस्ट्रेलियाका बायाँ हाते पेस बलर स्पेन्सर जोन्सनका लागि टाइटन १० करोड रुपैयाँ खर्च गर्न तयार भयो।

टाइटनले विकेट किपर रोबीन मिन्जलाई तीन दशमलव ६ करोडमा टोलीमा आबद्ध गरेको हो। नानीन्दु हरसङ्गा एक दशमलव पाँच करोड बेस प्राइसमा सनराइजर्स हैदरावादमा आबद्ध भए।

अस्ट्रेलियालाई विश्वकप दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ट्रेभिस हेडका लागि चेन्नाइ सुपर किङ्स र सनराइजर्स हैदरावाद बिच प्रतिस्पर्धा भएको थियो। बेस प्राइस दुई करोड भएका उनी ६ दशमलव ८ करोडमा हैदरावाद पुगे।

वेस्ट इन्डिजका पेस बलर अल्जारी जासेफलाई रोयल च्यालेन्जर बंगलोरले ११ दशमलव ५० करोडमा आबद्ध गरेको हो। यो अक्सनमा पनि धेरै रकम पाएका हर्सल पटेलले सन् २०२१ को आइपिएलमा रोयल च्यालेन्जर बंगलोरका लागि १५ खेलमा ३२ विकेट लिएका थिए। त्यसपछि भने उनको प्रदर्शन अस्थिर थियो।

बेस प्राइस ५० लाख भएका जोन्सनका लागि भने सो मूल्य भने त्यस भन्दा २० गुणा बढी हुनु साँच्चै आश्चर्यजनक हो। आइपिएलको यो सिजनमा उनी पाँचौँ महँगो अस्ट्रेलियाली खेलाडी भएका हुन्। स्टार्क, कुमिन्स, क्यामरुन ग्रिन र ग्लेन म्याक्सवेल उनी भन्दा महँगो साबित भएका हुन्।

जोन्सन प्रतिको आकर्षण विगवासबाट भएको हो। गुजरातमा उनी सहितको मोहम्मद सामी र रसिद खानको जोडी आकर्षक हुने अपेक्षा गरिएको छ। अल्जारी जोसेफले पहिलो पटक सनसनी फैलाउने क्रममा सन् २०१९ मा मुम्बईको तर्फबाट खेल्दै सनराइजर्स हैदरावादका लागि ६ विकेट १२ रन मात्र खर्चेर लिएका थिए। त्यसपछि दुई सिजन जोसेफ आइपीएलाम सहभागी भएनन्। त्यस पछिका दुई सिजन आइपिएलमा आबद्ध उनले पछिल्लो सिजनमा सात खेलमा मा सहभागिता जनाएका थिए।

मङ्गलवारको अक्सनपछि कलकत्तामा ८ विदेशी खेलाडी रहेका छन्। अलराउण्डर सकिब हुसेनका कारण टोलीको समन्वय मिलेको छ। स्टार्कको साथमा मुजीबर रहमान पनि टोलीमा रहने छन्। थप बलिङ आक्रमण कम अनुभवी खेलाडीले सम्हाल्ने छन्।

आठ विदेशीसहित २५ खेलाडी रहेको हैदरावाद ट्रेभिस हेड र मायंक अग्रवालका कारण प्रारम्भिक जोडी बलियो हुनसक्छ। आइडम म्याकरम, हेन्री क्लासन, ग्लेन फिलिप्स र राहुल त्रिपाठीका कारण मध्यक्रम पनि बलियो छ।

भारतीय अनुभवी पेस बलर अभावको बाबजुद मध्य क्रममा नितिस राना, रिंकु सिंह र मनिस पाण्डेका कारण समन्वय मिलेको छ। जेसन राय र बैकटेस ऐयारका कारण प्रारम्भिक जोडी पनि सन्तुलित छ।

आठ विदेशीसहित २५ खेलाडी रहेको हैदरावाद ट्रेभिस हेड र मायंक अग्रवालका कारण प्रारम्भिक जोडी बलियो हुनसक्छ। आइडम म्याकरम, हेन्री क्लासन, ग्लेन फिलिप्स र राहुल त्रिपाठीका कारण मध्यक्रम पनि बलियो छ। मार्के जेन्सनको रूपमा राम्रो अलराउण्डर पनि टोलीमा छन्। तथापि धेरै राम्रा खेलाडी विदेशी भएका कारण हैदरावादका लागि अप्ठेरो पनि हुनसक्छ।

चेन्नाइमा पनि आठ विदेशीसहित २५ खेलाडी छन्। डेभिड कोन्वे र ऋतुराज गाइक्वाडका कारण प्रारम्भिक जोडी सन्तुलित छ। धेरै अलराउण्डर भएको टोलीको मध्यक्रम भने कम अनुभवी छ।

मुम्बईमा पनि आठ विदेशीसहित २५ खेलाडी छन्। गेराल्ड कोयट्जेको साथमा श्रीलङ्काका दिलसान मधु्सान्का र नुवान थुसारा टोलीमा राख्नु सफलता हो। परन्तु जसप्रित बुमराह सहितको पेस बलिङ आक्रमण भरपर्दो छ भने ब्याटिङ पनि रोहित शर्मा, इसन किसन र हार्दिक पाण्डेको कारण आक्रामक छ।

राजस्थानमा पनि ८ विदेशीसहित २२ खेलाडी छन्। राम्रो अलराउण्डर नहुनु राजस्थानको कमजोरी पक्ष बनेको छ। रविचन्द आश्विन, एडम जाम्पा र युजभेन्द्र चावलका कारण राजस्थानको स्पिन बलिङ सबै भन्दा बलियो छ।

दिल्लीमा आठ विदेशीसहित २५ खेलाडी छन्। मिचेल मार्स र अक्षर पटेल दुई अलराउण्डर टोलीका मुख्य खेलाडी हुन्। यसैगरी डेभिड वार्नर टोलीका मुख्य आकर्षण हुन्। पन्जाबमा आठ विदेशी सहित २५ खेलाडी छन्। कृश ओक्स र हर्सल पटेललाई ल्याउनु टोलीको सफलात हो।

लखनउमा आठ विदेशी सहित २५ खेलाडी छन्। क्वीन्टन डी कक र लोकेश राहुलका कारण प्रारम्भिक जोडी सबै भन्दा उत्कृष्ट ठहरिएको छ। निकोलास पूरण र डेभिड विली राम्रा अलराउण्डर हुन्।

शिखर धवनको सेरोफेरोमा टोली धेरै रहन सक्ने छ।गुजारतका लागि मोहम्मद सामी मुख्य खेलाडी हुन सक्छन्। स्टार ब्याट्सम्यान शुभमन गील पहिलो रोजाइका महत्त्वपूर्ण खेलाडी हुन्। केन विलिम्सन र डेभिड मिलर मध्य क्रममा रहने छन्। सामी, जोन्सन र खानका कारण टोलीको बलिङ पनि उत्कृष्ट छ।

लखनउमा आठ विदेशी सहित २५ खेलाडी छन्। क्वीन्टन डी कक र लोकेश राहुलका कारण प्रारम्भिक जोडी सबै भन्दा उत्कृष्ट ठहरिएको छ। निकोलास पूरण र डेभिड विली राम्रा अलराउण्डर हुन्। रवि विस्नोइ र अमित मिश्रको कारण टोलीको स्पिन आक्रमण बलियो देखिएको छ।

रोयल च्यालेन्जर बंगलोरका लागि जोसेफ, लुक्की फर्गुसन र यस दयालको आक्रमण भरपर्दो हुन सक्ने छ। क्यामरुन ग्रिन र ग्लेन म्याक्सवेल मध्य क्रमका आकर्षक खेलाडी हुन्। फाफ डु प्ले सीस र विराट कोहलीले पारीको सुरुवात गर्ने छन्।

कसको प्रदर्शन कस्तो रहने भन्ने हेर्नका लागि २२ मार्चसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ। परन्तु अक्सनको समाप्ति पछि टोलीको तयारी भने सुरु भइसकेको छ। स्रोतः क्रिक इन्फो, हिन्दुस्तान टाइम्स

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ६ : ५७ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले