माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै | Khabarhub Khabarhub

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन् ।  

बुधबारका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण प्रभावित भएपछि आज बस्न लागेको हो।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफल हुनेछ ।

पदाधिकारी बैठक मंगलबारबाट शुरु भएको हो। मंगलबार अध्यक्ष प्रचण्डले राष्ट्रियसभा निर्वाचन, पार्टीको रूपान्तरण अभियान, विधान सम्मेलन, एकता समायोजन लगायत समसामयिक विषयका बारेमा ब्रिफिङ गरेका थिए ।

उनले चार महिने अभियानको समीक्षा र विधान सम्मेलनलाई मुख्य एजेण्डाका रूपमा बैठकमा पेश गरेका थिए। बैठकमा सातै प्रदेशका इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्टिङ गरेका थिए। 

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ७ : ३६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका