राजनीतिमा डेब्यू गर्ने मुडमा कंगना « Khabarhub

राजनीतिमा डेब्यू गर्ने मुडमा कंगना


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा रहेका विकृतिविरुद्ध स्थापित निर्देशक, अभिनेता, अभिनेत्रीसँग पंगा लिएर विभिन्न मुद्दामा चर्चामा आइरहने भारतीय नायिका कंगना रौनत राजनीतिमा आउने भएकी छिन् । 

फिल्म अभिनयसँगै त्यस क्षेत्रमा देखिएका समस्याका बारेमा आवाज उठाउँदै आएकी उनले अब राजनीतिमा पनि हात हाल्न लागेकी हुन् । 

पछिल्लो समय कंगनाको फिल्मले राम्रो व्यापार गर्न सकेको छैन । फिल्म क्षेत्रका स्थापित हस्तीसँगको विवादले उनी चर्चामा छिन् । यिनै घटनाले उनले निडर अभिनेत्रीको छवि बनाएकी छन् । विशेषतः उनले बलिउडमा देखिएको ‘नेपोटिजम’को विरुद्धमा आवाज उठाउँदै आएकी छिन् ।

कंगनाले आफ्नो तार्किक क्षमता राजनीतिमा सदुपयोग गर्नेमा उनका समर्थक आशावादी छन् । भारतीय मिडियाको दाबीअनुसार उनले सन् २०२४ को लोकसभा चुनावका लागि भारतीय जनता पार्टीबाट टिकट पाउने छिन् । 

कंगना स्वयंले भने यसबारे मुख खोलेकी छैनन् । केही दिनअघि उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, भगवानको कृपा भयो भने अवश्य चुनाव लड्छु ।

पछिल्लो समय उनी राजनीतिमा आउने चर्चा चलिरहेको थियो । उनका बुबा अमरदीप रनौतले उनी राजनीतिमा आउने पुष्टि गरेको समाचार भारतीय मिडियाले उल्लेख गरेका छन् । उनका पिताले कंगना भाजपाबाटै चुनाव लड्ने तयारी भइरहेको समेत जानकारी दिएका छन् । 

भाजपाका राष्ट्रिय अध्यक्षसँग कंगनाको भेट
दुई दिनपहिले कंगनाले भाजपाका राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डासँग कुल्लूमा भेट गरेकी छिन् । यो भेटले उनी राजनीतिमा आउने चर्चालाई थप बढावा दिएको छ । 

कंगनाको परिवार भाजपा निकट भएका कारण पनि यो भेटले चर्चा पाएको हो । यही भेटले उनी राजनीतिमा आउने तय भएको बुझिएको छ ।

पछिल्लो समय कंगना भाजपाको भातृ संगठन राष्ट्रिय स्वयंसेवक संघको कार्यक्रममा सहभागी भएकी थिइन् । 

कहाँबाट उठ्छिन् कंगना?
अहिलेसम्मको जानकारी अनुसार कंगना चुनावमा उठ्ने मात्रै तय भएको छ । उनका पिताका अनुसार कहाँको टिकट दिने भन्ने कुरा पार्टीले तय गर्न बाँकी छ ।
कंगनाले गुजरात, उत्तर प्रदेश, महाराष्ट्र, चंडिगढ र हिमाचल प्रदेशमा चुनाव लड्ने चर्चा रहेको छ । यिमध्ये पनि हिमाचलबाट उनी उठ्ने सम्भावना बढी छ । 

कंगना हिमाचल प्रदेशको भावला गाउँमा जन्मे–हुर्केकी हुन् । केही समयअघि उनले मनालीमा घर बनाएकी थिइन् । उनको परिवार पनि मनालीमै स्थायी बसोबास गर्ने भएकाले हिमाचलबाटै टिकट पाउने सम्भावना बढी छ ।

उमेरले ३६ वर्ष पुगेकी कंगना अभिनेत्रीका साथै चलचित्र निर्मातासमेत हुन् । उनले प्रायः हिन्दी चलचित्रमा अभियन गरेकी छिन् । उनले सन् २०२० मा पद्मश्री पुरस्कारसमेत पाएकी छिन् । 

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ८ : १८ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि