एमालेले विशेष पत्रकार सम्मेलन गर्दै « Khabarhub

एमालेले विशेष पत्रकार सम्मेलन गर्दै


५ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेको आज गर्ने भनिएको पत्रकार सम्मेलन सारिएको छ  । 

एमालेको मध्यपहाडी यात्राको समीक्षासहित पत्रकार सम्मेलनमार्फत गरिने भनिएको आजको कार्यक्रम तयारी नपुगेकाले सारिएकाे पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताएकी छन् ।  

उनका अनुसार  लामो यात्राको प्रतिवेदन लेखन, अन्य कार्यक्रमहरूको तयारीमा केही समय लाग्ने भएकोले आजको कार्यक्रम ८ गतेलाई सारिएको हो ।  विशेष पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ । 

एमालेले मध्यपहाडी यात्रामा जनताले भव्य रुपमा साथ दिएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो (बुधबार) भएको सचिवालयको अनौपचारिक बैठकमा नेताहरूले एमालेको यात्रालाई अभूतपूर्व रुपमा साथ दिएर अपनत्व लिएको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीको अनौपचारिक बैठकले यात्रामा साथ दिने सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्त्कहरुलाई धन्यवाद ज्ञापन गरेको 

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ९ : ४३ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो