संस्कृतिमन्त्री किरातीले विवादास्पद अभिव्यक्ति दिए; बर्खास्त गरेर कारबाही गरियोस् : राप्रपा | Khabarhub Khabarhub

संस्कृतिमन्त्री किरातीले विवादास्पद अभिव्यक्ति दिए; बर्खास्त गरेर कारबाही गरियोस् : राप्रपा


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मसँग सम्बन्धित विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनलाई मन्त्रीबाट बर्खास्त गरेर कारबाही गर्न माग गरेको छ ।

बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री किरातीले ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो र क्रिश्चियनको विरोध गर्नेलाई हतकडी लगाउने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर राप्रपाले मन्त्री किरातीलाई बर्खास्त गरेर कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ गठबन्धनको ध्यानाकर्षण गराएको हो ।

सामाजिक सञ्जालमार्फत राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हिन्दू धर्म, हिन्दू संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने मन्त्री सुदन किरातीलाई बर्खास्त गरेर कारबाही गर्न माग गरेका हुन् ।

८१ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार परिवार भएको देशका संस्कृतिमन्त्रीको रुपमा आएको उक्त अभिव्यक्ति अस्वीकार्य रहेको भन्दै उनले तत्काल उनलाई पदमुक्त गराउन र कारबाही गर्न माग गरेका हुन् ।

‘मन्त्री पदमा रहेर ‘कृश्चियन धर्म नमान्नेलाई जेलमा कोच्ने’ जस्तो बहुलठ्ठीपूर्ण अभिव्यक्ति दिने, हिन्दू धर्म, हिन्दू संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने प्रचण्ड सरकारका मन्त्री सुदन किराती बर्खास्तका योग्य छन् । यस्तो व्यक्ति ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ओमकार परिवार भएको देशमा कसरी संस्कृतिमन्त्रीको रुपमा निरन्तर र स्विकार्य हुनसक्छन् ?,’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘निजलाई पदमुक्त गराउन प्रधानमन्त्री र सत्ता गठबन्धनको ध्यानाकर्षण गराउँदछौं । साथै, सामाजिक सद्भाव बिथोल्ने, साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन बमोजिम कारबाही गरियोस् ।’

यो पनि-

मन्त्री किरातीको प्रष्टीकरण : सबैको अस्तित्व सम्मान गर्छु

संसदीय समितिमा मन्त्री किरातीको अभिव्यक्तिको विरोध

मन्त्री किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक : रवि लामिछाने

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  २ : ४९ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित