राजनीति

कांग्रेसको मधेस प्रदेश सम्मेलन सुरु

By खबरहब

December 21, 2023

जनकपुरधाम- नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधि सहभागी भएका छन् । पार्टीका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिए ।

स्थानीय तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी छन् ।

मधेस प्रदेशका आठ जिल्लाका आठ सय २५ जना प्रतिनिधिको सहभागिता रहने सम्मेलनका क्रममा प्रदेश समितिको राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।

सम्मेलन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विविध सवालबारे छलफल हुनेछ ।