महिलाको हत्या गरी फरार अभियुक्त पक्राउ « Khabarhub

महिलाको हत्या गरी फरार अभियुक्त पक्राउ


५ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले काठमाडौंको बल्खुमा सात वर्षअघि एक महिलाको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन् । पौष ३० गते काठमाडौंको बल्खु भुवनेश्वरमन्दिर पछाडि ज्यामी काम गर्ने अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या भएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा र मुख्य योजनाकार धादिङ घर भएका ४६ वर्षीय शिवराम अधिकारीलाई सार्वजनिक गरेको हो ।

शिवराम यसअघि नै चोरीको घटनामा कारागारमा रहेका थिए । घटनाको अनुसन्धान गर्दा उनी हत्याको मुख्य योजनाकार रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक अप्सरासँगको चिनजानका क्रममा शिवरामले बल्खु क्षेत्रमा बोलाएर हत्या गरेका थिए । हत्यापछि अप्सराले लगाएको सुन र खल्तीमा भएको केही नगद निकालेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

विश्वकर्मालाई बुधबार नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ३ : १९ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली