महिलाको हत्या गरी फरार अभियुक्त पक्राउ « Khabarhub

महिलाको हत्या गरी फरार अभियुक्त पक्राउ


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले काठमाडौंको बल्खुमा सात वर्षअघि एक महिलाको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन् । पौष ३० गते काठमाडौंको बल्खु भुवनेश्वरमन्दिर पछाडि ज्यामी काम गर्ने अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या भएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा र मुख्य योजनाकार धादिङ घर भएका ४६ वर्षीय शिवराम अधिकारीलाई सार्वजनिक गरेको हो ।

शिवराम यसअघि नै चोरीको घटनामा कारागारमा रहेका थिए । घटनाको अनुसन्धान गर्दा उनी हत्याको मुख्य योजनाकार रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक अप्सरासँगको चिनजानका क्रममा शिवरामले बल्खु क्षेत्रमा बोलाएर हत्या गरेका थिए । हत्यापछि अप्सराले लगाएको सुन र खल्तीमा भएको केही नगद निकालेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

विश्वकर्मालाई बुधबार नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ३ : १९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी