एनसेल प्रकरणविरुद्ध माइतीघरमा शान्ति समाजको प्रदर्शन, १७ जना पक्राउ | Khabarhub Khabarhub

एनसेल प्रकरणविरुद्ध माइतीघरमा शान्ति समाजको प्रदर्शन, १७ जना पक्राउ


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राज्यलाई झण्डै ३ खर्ब रुपैयाँ हानि नोक्सानी पुर्‍याउने नियतले एनसेल घोटाला प्रकरणमा भएको चलखेललाई राज्यविरुद्धको अपराध भन्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

एनसेल प्रकरणमा वर्तमान प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरुसहित राजनीतिज्ञहरुको संलग्नता रहेको भन्दै समाजले प्रदर्शन गरेको हो । प्रचलित कानुनअनुसार सरकारको स्वामित्वमा आउने सम्पत्ति केही व्यक्ति र गिरोहको कब्जामा पार्ने चलखेल भइरहेको समाजले जनाएको छ ।

त्यसैगरी, समाजले राज्यका विभिन्न निकायका पदाधिकारीहरु सन्देहको घेरामा रहेको हुँदा विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्न, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण गर्न, राज्यलाई ठूलो हानिबाट जोगाउन र एनसेल प्रकरणमा संलग्नलाई दण्डित गर्न माग गरेको छ ।

प्रदर्शनमा सहभागीले एनसेल प्रकरणमा संलग्न प्रधानमन्त्री–पूर्वप्रधानमन्त्रीलाई कारबाही गर, प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री देउवाको संदिग्घ सिंगापुर भ्रमणमा भएका ‘डिल’ बारे छानबिन हुनुपर्छ, शीर्ष नेता मिलेका ः खरब–खरब निलेका, देशलाई तीन खर्ब हानि पुर्याउने चलखेल राज्यविरुद्धको अपराध होजस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शन गर्ने १७ जना गिरफ्तार

प्रदर्शनमा सहभागी शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, अधिकारकर्मीहरु बलबहादुर गाहा मगरसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको समाजले जनाएको छ । एनसेल महाघोटाला प्रकरणविरुद्ध निरन्तर नागरिक निगरानी र खबरदारीस्वरुप समाजले आन्दोलन सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ३ : ४२ बजे

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने साझा कवि हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर

मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण सुरु

बेइजिङ– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ

बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा क्यान्सरको टाइप पत्ता लगाउने मेसिन सञ्चालनमा 

चितवन– चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार