प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : कोशीले कर्णालीलाई हरायो « Khabarhub

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : कोशीले कर्णालीलाई हरायो


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । कोशीले कर्णालीलाई १० विकेटले हराएको हो ।

मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १६ ओभरमा नौ विकेट गुमाउँदै ३३ रन मात्र बनायो । कोशीले ३४ रनको सामान्य विजयी लक्ष्य तीन दशमलव एक ओभरमा विकेट नगुमाइकन पूरा गर्‍यो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले अजिविजित २५ रन बनाइन् । उनले १७ बल खेल्दै ६ चौका प्रहार गरिन् । यस्तै काजोल श्रेष्ठले अविजित पाँच रन बनाइन् ।

यसअघि ३४ रन बनाउने क्रममा कर्णालीका लागि किरण कुँवरले नौ तथा बीना थापा र राक्षी खड्काले समान आठ आठ रन बनाइन् । बलिङतर्फ कोशी प्रदेशकी अप्सरी बेगमले तीन, एलिशा खडियाले दुई तथा सवनम राई, निशा शाह र रुविना क्षेत्रीले एक एक विकेट लिइन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ५ : १९ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड