सहायक प्रशिक्षक सिलाकार र कप्तान कुथु एनएसएलबाट प्रतिबन्धित « Khabarhub

सहायक प्रशिक्षक सिलाकार र कप्तान कुथु एनएसएलबाट प्रतिबन्धित


५ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट एनएसईएमले नेपाल सुपर लिग (एनएसएल) को क्लब ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारमाथि प्रतिबन्ध लगाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै एनएसईएमले दिएको जानकारीअनुसार सहायक प्रशिक्षक सिलाकारलाई एनएसएलको दोस्रो संस्करणका आगामी सबै खेलका लागि प्रतिबन्ध गरिएको हो ।

३ पुसमा स्पोर्टिङ इलाम डे मेची एफसीविरुद्धको खेलमा रेफ्री सुरोजित दासमाथि हातपात र जातीय अपशब्द प्रयोग गरेको आरोपमा उनलाई आयोजकले तत्काल लागू हुनेगरी प्रतियोगिताका आगामी खेलबाट र एनएसएल सम्बन्धित सबै गतिविधिबाट प्रतिबन्ध लगाएको जनाएको छ । साथै उनलाई २० हजार जरिवाना समेत गरेको छ ।

यस्तै, एनएसईएमले वीरगञ्ज युनाइटेड एफसीसँगको खेलमा रेफ्रीमाथि आक्रोशित व्यवहार देखाएका इलामका कप्तान विकेश कुथुलाई पनि एक खेलमा प्रतिबन्ध र १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ५ : २६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४