बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले के-के निर्ण‍य गर्‍यो ? « Khabarhub

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले के-के निर्ण‍य गर्‍यो ?


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद् बैठक बसेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिइन् ।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख को प्रयोजनका लागी राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्यामध्ये शून्य दशमलव ५ प्रतिशत भन्दा कम जनसंख्या रहेका अल्पसङ्ख्यक जातजाती (दलित बाहेक)लाई अल्पसङ्ख्यकको रुपमा तोक्ने निर्णय गरेको शर्माले जानकारी दिइन् ।

प्रवक्ता शर्माका अनुसार बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गरिएको प्रवक्ता शर्माले बताइन् । बैठकले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गरेको शर्माले जानकारी दिइन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु-

१. राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख) को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कूल जनसंख्याको ०.५ (शून्य दशमलब पाँच) प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका अल्पसंख्यक जातजाति (दलितबाहेक) लाई अल्पसङ्ख्यकको रुपमा तोक्ने ।

२. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० स्वीकृत गर्ने ।

३. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०७९ स्वीकृत गर्ने ।

४. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गर्ने ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ६ : १८ बजे

‘रुपान्तरणसँगै कांग्रेसमा उत्साह छ, असन्तुष्टि मिलाउँछौं’

फागुन २१ मा हुने निर्वाचनको सरगर्मी देशभर फैलिसकेको छ। सबै

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै