बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले के-के निर्ण‍य गर्‍यो ? « Khabarhub

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले के-के निर्ण‍य गर्‍यो ?


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद् बैठक बसेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिइन् ।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख को प्रयोजनका लागी राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्यामध्ये शून्य दशमलव ५ प्रतिशत भन्दा कम जनसंख्या रहेका अल्पसङ्ख्यक जातजाती (दलित बाहेक)लाई अल्पसङ्ख्यकको रुपमा तोक्ने निर्णय गरेको शर्माले जानकारी दिइन् ।

प्रवक्ता शर्माका अनुसार बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गरिएको प्रवक्ता शर्माले बताइन् । बैठकले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गरेको शर्माले जानकारी दिइन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु-

१. राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख) को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कूल जनसंख्याको ०.५ (शून्य दशमलब पाँच) प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका अल्पसंख्यक जातजाति (दलितबाहेक) लाई अल्पसङ्ख्यकको रुपमा तोक्ने ।

२. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० स्वीकृत गर्ने ।

३. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०७९ स्वीकृत गर्ने ।

४. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गर्ने ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ६ : १८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल