वैशाखमा उपनिर्वाचन गर्ने तयारीमा छौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया « Khabarhub

वैशाखमा उपनिर्वाचन गर्ने तयारीमा छौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया


५ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आउँदो वैशाखमा रिक्त रहेका तीनै तहको उपनिर्वाचन गर्ने तयारी भइरहेको बताएका छन् ।

उनले खर्च कम गर्न तीन तहको एकै पटक उपनिर्वाचन गर्ने तयारी गरेको बताए । उनले यो प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष समेत राखेको जानकारी दिए ।

उनले खबरहबसँग कुरा गर्दे भने, ‘राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा प्रधानमन्त्रीलाई भेट्न जाँदा वैशाखतिर उपनिर्वाचन गर्ने कि भन्नेबारे छलफल भएको छ । उहाँ पनि अहिले जाडो भएको र उपयुक्त समय वैशाखमै हुने कुरामा सकारात्मक हुनुहुन्छ ।’

उनका अनुसार निर्वाचन आयोग जुनसुकै बेला उपनिर्वाचन गर्ने भएपनि अहिले हिमाली जिल्लामा जाडो भएको र राष्ट्रियसभा निर्वाचन पनि आएको हुनाले यस्तो छलफल भएको हो ।

हाल प्रतिनिधिसभा तर्फ इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुवास नेम्वाङको क्षेत्रमा उपनिर्वाचन हुने छ । उनको हृदयाघात भएर भदै २६ गते मृत्यु भएको थियो ।

यस्तै, सुदूरपश्चिममा असार ६ गते कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको क्षेत्र बझाङ १ कमा उपनिर्वाचन हुने छ ।

यी सँगै स्थानीय तहका २२ क्षेत्रमा उपनिर्वाचन हुने छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ६ : ३५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल