पालिकामै बैंक पुगेपछि स्थानीयलाई सहज « Khabarhub

पालिकामै बैंक पुगेपछि स्थानीयलाई सहज


५ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाको प्रशासनिक कार्यालयमै बैंक पुगेपछि स्थानीय सेवाग्राहीलाई थप सहज भएको छ ।

गाउँपालिकाको कार्यालय देखि करिब ३० मिनेटको दुरीमा रहेको प्राइम कमर्सियल बैंकको काउन्टर शाखा पालिका विस्तार गरेसँगै स्थानीय उपभोक्ताहरूलाई थप सहजता मिलेको हो ।

पालिकाबाट वितरण गरिने कार्यक्रम तथा उपभोक्ता मार्फत हुने ससाना योजना सम्झौता गर्ने देखि भुक्तानी लिन मैनापोखरी बैंक शाखा पुग्न धेरै झन्झटिलो भएको गुनासो बढेपछि पालिका अध्यक्ष छबी लामाले स्थानीयको गुनासोलाई सम्बोधन गर्दै पालिकाको मुख्य प्रशासनिक कार्यालय पाँडुडाँडामै ५ लाखसम्म भुक्तानी दिने गरी बैंकको शाखा काउन्टर सञ्चालन गराएका हुन् ।

बैंकको शाखा काउन्टर सञ्चालन आएसँगै स्थानीयलाई बैंक पुग्नुपर्ने बाध्यताको अन्त्य भएको वैतेश्वर गाउँपालिका अधिकृत सातौँ रवीन्द्र चौलागाईंले बताए।

वैतेश्वर गाउँपालिकाले यस अघि पनि स्थानीयको सहजताको लागी वडामै पुगेर जेष्ठजन तथा बृद्धबृद्धा अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गर्दै आएको छ ।

सुबास बस्नेत 

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ६ : ४७ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई