नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल « Khabarhub

नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउद र श्रीलङ्काका विदेशमन्त्री  एमयुएम अली साब्रीबीच व्यापार तथा लगानी वृद्धिका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको छ ।

नेपाल–श्रीलङ्का संयुक्त आयोगको आज भएको बैठकमा व्यापार तथा लगानी अभिवृद्धि, दुई देशबीच  हवाई सम्पर्क विस्तार, संस्कृति, पर्यटन एवं शिक्षा क्षेत्रमा सहकार्य, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई सुदृढ गर्ने तथा क्षेत्रीय सहयोगका साथै बहुपक्षीय मञ्चमा सहकार्य गर्ने सम्बन्धमा विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री साउद र श्रीलङ्काली पक्षको नेतृत्व त्यहाँका विदेशमन्त्री साब्रीले गरेका थिए । बैठकमा काठमाडौं–कोलम्बो हवाई सेवा प्रारम्भ भएकामा दुवै पक्षले सन्तुष्टि जनाउँदै  कोलम्बो र लुम्बिनीबीच पनि हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको थियो ।

दुवै देशका मन्त्रीले जलवायु परिवर्तनका कारण आफ्नो देशले भोग्नुपरेको असरबारे विचार आदानप्रदान गरेका थिए । उनीहरूले जलवायु न्याय, हानिनोक्सान कोषको प्रारम्भिक परिचालनका साथै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग प्रवद्र्धनमा जोड दिएका थिए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ३ : ३४ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर