काठमाडौंमाथि बीरगञ्जको सनसनीपूर्ण जित, प्लेअफ रोचक मोडमा « Khabarhub

काठमाडौंमाथि बीरगञ्जको सनसनीपूर्ण जित, प्लेअफ रोचक मोडमा


५ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा बीरगञ्ज युनाईटेडले काठमाडौं रेजर्सलाई ४–१ गोल अन्तरले हराएको छ ।

सनसनीपूर्ण जित निकालेको बिरगञ्जले प्लेअफको गणितिय सम्भावनालाई पनि कायम राखेको छ । विलियम ओपोकुको ह्याट्रिकको सहयोगमा बिरगञ्जले प्रतियोगिताकै फराकिलो अन्तरको जित निकाल्यो ।

बीरगञ्जसँगको हारले काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको छ । काठमाडौंलाई प्लेअफमा छनोट हुन अब आफ्नो नतिजाले मात्र पुग्ने छैन, अरु खेलको नतिजामा समेत भर पर्नुपर्नेछ ।

खेलमा अग्रता भने काठमाडौंले जुनियर एन्कुन्गेको गोलमा लिएको थियो । लगत्तै काठमाडौंले पेनाल्टीको अवसर पाएको थियो । डिबक्सभित्र मार्की खेलाडी हिसब थपलियालाई फल गरेपछि काठमाडौंले अग्रतालाई दोब्बर बनाउने अवसर पाएको थियो । तर बिरगञ्जका गोलकिपर तथा कप्तान दीप कार्कीले पेनाल्टीलाई रोके ।

पहिलो हाफको इन्जुरी समयमा विलियम ओपोकुको पेनाल्टी गोलमा बीरगञ्जले खेल बराबरी गरेको थियो । दोस्रो हाफमा भने बिरगञ्ज पूर्णत हाबी रह्यो । उसले काठमाडौंको पोस्टमा सुरुवातमै थप तीन गोल गर्यो ।

दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै बीरगञ्जलाई २–१ को अवस्थामा पुर्याएका थिए । त्यसपछि विलियमले ५५ औं मिनेटमा बीरगञ्जका लागि तेस्रो गोल गरे । त्यसको दुई मिनेटपछिनै विलियमले आफ्नो ह्याट्रिक पुरा गर्दै बिरगञ्जलाई ४–१ को जित दिलाए ।

जित सहित बीरगञ्ज ७ खेलबाट ८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । काठमाडौं ९ अंक सहित पाँचौं स्थानमा यथावत छ ।

 

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : ३७ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको